कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

एजेन्सी

बेइजिङ — नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको चीनस्थित अमेरिकी दूतावासले पुष्टी गरेको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

'कोरोना भाइरसबाट संक्रमित ६० वर्षीया अमेरिकी महिलाको वुहानको जिनयानतिङ अस्पतालमा मृत्यु भएको छ । उनको फेब्रुअरी ६ मा मृत्यु भएको हो,' अमेरिकी दूतावासका प्रवक्ताको भनाइ उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । वुहानमा पहिलो विदेशी नागरिकको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

त्यस्तै, कोरोना भाइरसको उद्‍गम स्थल मानिएको हुवेई प्रान्तको राजधानी वुहानमा नै एक जापानी नागरिकको निमोनियाबाट मृत्यु भएको बताइएको छ ।

जापानको विदेशमन्त्रालयले चिनियाँ स्वास्थ्य सेवाका अधिकारीहरूलाई उदृत गर्दै आफ्ना ६० वर्षीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । ती व्यक्तिको मृत्यु निमोनियाबाट भएको बताइए पनि उनमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ ।

अहिलेसम्म जापानमा कोरोनाको संक्रमण नरहेको जापानको विदेश मन्त्रालयले जनाएको छ ।

नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै चीनमा थप ८६ जनाको मृत्यु भएको थियो । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मृत्यु हुनेको संख्या ७२२ पुगेको । चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ

नोवल कोरोना भाइरसबाट शनिबार बिहानसम्म विभिन्न मुलुकमा ३४ हजार ८७२ जनामा संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित १ हजार ५६८ जनालाई निको भएको छ

प्रकाशित : माघ २५, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?