कोरोना भाइरसको प्रकोप : चीनमा एकै दिन ८६ जनाको मृत्यु

माघ २५, २०७६

कान्तिपुर संवाददाता

बेइजिङ — नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै चीनमा थप ८६ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२२ पुगेको छ। चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको पछिल्लो जानकारीअनुसार शनिबार बिहानसम्म थप ८६ जनाको मृत्यु भएको हो ।

शुक्रबार मृत्यु भएकामा कोरोनाको उद्गम स्थल मानिएको हुवेई प्रान्तका ८१ जना रहेका छन् भने ५ मृतक अन्य प्रान्तका रहेका छन् । कोरोना भाइरसबाट फिलिपिन्स हङकङमा एकएक जनाको यसअघि मृत्यु भएको थियो ।

शुक्रबार थप हजार ३९९ जनामा कोरोनाको संक्रमण देखा परेको आयोगले जनाएको हालसम्म चीनमा मात्रै कोरोनाबाट संक्रमितको संख्या ३४ हजार ५४६ पुगेको

नोवल कोरोना भाइरसबाट अहिलेसम्म विभिन्न मुलुकमा ३४ हजार ८७२ जनामा संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित १ हजार ५६८ जनालाई निको भएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully