बेइजिङ — उत्तरपूर्वी हेइलोंगजियांग प्रान्तको राजधानी हार्बिनमा कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएकी छिन् । अस्पतालका अनुसार शिशुकाे तैल ३.०५ किलोग्राम छ । आमालाई कोरोना भाइरसको संक्रमण देखिने बित्तिकै चिकित्सकहरुले उपचारका साथै मनोवैज्ञानिक परामर्श पनि दिएका थिए ।
अहिले शिशु र आमा दुवैको अवस्था स्थिर देखिएको छ । शिशुलाई दुईपटक कोरोना भाइरसको टेष्ट गरिएको थियो । दुवैपटक कोरना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । शिशु ३० जनवरीमा जन्मेका थिए ।
त्यसैगरी जनवरी २८ मा वुहान युनियन अस्पतालमा २७ वर्षीया आमाले पनि स्वस्थ शिशुलाई जन्माएकी छिन् । आमालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइनसकेको अस्पतालले जनाएको छ ।
शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण रहेकाे शल्यक्रियामा संलग्न चिकित्सकले बताए । आमालाई ज्वरो र लगातारको खाेकीका कारण चिकित्सकलाई शल्यक्रिया गर्न कठिन भएको थियो । शिशुको तौल ३.१ केजी रहेको छ । शिशुलाई संक्रमणबाट बचाउन घर लगिएको अस्पतालले बताएको छ ।
