कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोना संक्रमितको उपचारका लागि १० दिनमा चीनले बनायो यस्तो अस्पताल

नयाँ अस्पतालले बिरामी भर्ना गर्न थाल्यो
एजेन्सी

वुहान — चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि १० दिनमा एक हजार शय्याको अस्पताल बनाएको छ । प्राणघातक कोरोना भाइरसको उद्‍गमस्थल वुहानमा चीनले बनाएको एक हजार शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो । चीनले नयाँ अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण पठाइसकेको छ । 

कोरोना संक्रमितको उपचारका लागि १० दिनमा चीनले बनायो यस्तो अस्पताल

यसैबीच समाचार संस्था एपीले जनाएअनुसार सोमबार बिहान १० बजे अस्पतालमा एक जना बिरामी आइपुगेका छन् । बिरामीको अवस्था कस्तो छ र को हुन् भन्नेबारेमा केही जानकारी सार्वजनिक गरिएको छैन ।

तस्बिर : एपी

डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा ३६१ र फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएका छन् ।

तस्बिर : एपी

चीनले जनवरी २४ बाट बनाउन थालेको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो । चिनियाँ अधिकारीका अनुसार यो अस्पताल सन् २००३ मा सार्स संक्रमितका लागि बेइजिङमा बनाइको सियाताङ्शान अस्पतालकै मोडेलमा बनाइएको छ । त्यतिबेला चीनले बेइजिङमा ७ दिनमै अस्पताल बनाएको थियो ।

तस्बिर : एपी

नयाँ अस्पतालमा एक हजार ४ सय स्वास्थ्यकर्मी खटाइएका छन् । सबै स्वास्थ्यकर्मी चिनियाँ जनमुक्ति सेना(पीएलए) का हुन् । यो अस्पताल २५ हजार वर्ग किलोमिटरमा फैलिएको छ ।

तस्बिर : एपी

सिन्ह्वा न्युजका अनुसार यो अस्पताल बनाउन सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन तथा अन्य विज्ञ गरी ७ हजार व्यक्ति खटिएका थिए ।

तस्बिर : एपी

यसअघि चीनले बुधबार हुवाङगाङ सहरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनमा ल्याएको थियो । हुवाङगाङ केन्द्रीय अस्पतालकै शाखाका रुपमा यो अस्पताल दुई दिनमा तयार भएको थियो अस्पताल परिसरमा रहेको खाली भवनमा अत्याधुनिक उपकरणसहित अस्पताल तयार पारिएको थियो ।

तस्बिर : एपी

जनवरी २४ देखि फेब्रुअरी २ तारिखसम्म अस्पताल निर्माणका तस्बिर : सिन्ह्‍वा

प्रकाशित : माघ २०, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?