कोरोना भाइरस प्रकोप : ईयूसँग चिनियाँ प्रधानमन्त्रीले मागे सहयाेग

माघ १८, २०७६

एजेन्सी

बेइजिङ — चीनका प्रधानमन्त्री ली खछ्याङले युरोपेली युनियनसँग कोरोना भाइरसको उपचारका लागि सहयोग मागेका छन् । शनिबार उनले युरोपेली युनियनका सदस्य राष्ट्रसंघ अत्यावश्यक मेडिकल उपकरणका लागि सहयोग मागेका हुन् । 

काेराेना भाइरस चीनको सबै प्रान्तमा फैलिइसकेकाे छ ।  शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरस विश्वका २४ मुलुकमा देखिएको पुष्टि भइसकेको छ। तर, चीनमा बाहेक अन्यत्र भेटिएका संक्रमितको भने मृत्यु भएको छैन।

चिनियाँ प्रशासनले कोराेना भाइरसकाे संक्रमण फैलिँदै गएपछि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आफ्‍ना नागरिकलाई आग्रह गरेको छ ।

हेबेईमा मात्र ५ लाखभन्दा बढी स्वास्थ्यकर्मी कोराेना भाइरस संक्रमितको उपचारमा लगातार खटिरहेका छन् । चाैबीसै घन्‍टा खट्‍नुपर्दा थाकेको भन्दै बेइजिङबाट थप स्वास्थ्यकर्मी पठाइएको साउथ चाइना मोर्निङ पोेस्टले जनाएको छ । ब्याकअपका रुपमा चिनियाँ जनमुक्ति सेनाका चिकित्सक पनि तयारी अवस्थामा रहेको चीनले जानकारी दिएको छ ।   

कहाँ कति संक्रमित?

जापान – १४

थाइल्याण्ड – १४

सिंगापुर – १३

हङकङ – १२

दक्षिण कोरिया – ११

अस्ट्रेलिया – ९

ताइवान – ९

मलेसिया – ८

मकाउ – ७

फ्रान्स – ६

अमेरिका – ६

भियतनाम – ५

जर्मनी – ५

यूएई – ४

क्यानडा– ३

इटाली – २

बेलायत – २

कम्बोडिया – १

फिनल्याण्ड– १

भारत – १

नेपाल – १

फिलिपिन्स – १

श्रीलंका – १

स्पेन -१

एजेन्सी

Link copied successfully