कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस : वुहानबाट विभिन्न देशले आफ्ना नागरिकको उद्धार गर्न सुरु गरे

एजेन्सी

काठमाडौँ — विश्वका विभिन्न देशले नोवल कोरोना भाइरसको संक्रमणको केन्द्र मानिएको चिनियाँ सहर वुहानबाट आफ्ना नागरिकलाई उद्धार गर्न थालेका छन् । पछिल्लो जानकारीअनुसार अस्ट्रेलियाले आफ्ना ६०० जना नागरिकलाई वुहानबाट उद्धार गरी क्रिस्मस आइल्यान्डमा दुई हप्तासम्म क्‍वारेन्‍टाइनमा राख्ने भएको छ ।

कोरोना भाइरस : वुहानबाट विभिन्न देशले आफ्ना नागरिकको उद्धार गर्न सुरु गरे

यस्तै जापान, अमेरिका तथा ईयूका देशले पनि आफ्ना नागरिकहरुलाई उद्धार गर्न सुरु गरिसकेको छ ।


अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकहरुलाई वुहानबाट उद्धार गरी क्रिस्मस आइल्यान्डमा दुई हप्ता राख्ने जानकारी दिएका हुन् । त्यहाँ एक हजारजनालाई राख्न सकिने पूर्वाधार रहेको बताइएको छ । यस्तै न्यूजिल्याण्डले पनि अस्ट्रेलियासँग सहकार्य गरेर आफ्ना ५३ जना नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि प्रयास अगाडि बढाएको छ ।

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १३२ पुग्यो, ६ हजार संक्रमित


भारतले पनि हुबेई प्रान्तबाट आफ्ना २५० नागरिकको उद्धार गर्ने प्रक्रिया अगाडि बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यस्तै मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पनि आफ्ना नागरिकहरुको उद्धार गर्नका लागि चीन सरकारसँग छलफल अगाडि बढाइएको बुधबार जनाकारी दिएका छन् ।


जापानले यसअघि नै २०० जना आफ्ना नागरिकलाई उद्धार गरी टोकियो लगिसकेको छ । यस्तै थप ६५० जनालाई उद्धार गर्नका लागि विमान पठाउने तयारी गरिरहेको छ । उद्धार गरिएका सबैलाई अस्पताल लगेर परिक्षण गरिने र क्‍वारेन्‍टाइनमा राखिने बताइएको छ ।

कोरोना संक्रमणको केन्द्र वुहानमा रहेका नेपाली भन्छन्- ‘हाम्रो उद्धार गर्नुपर्‍यो’


अमेरिकाले पनि त्यहाँको कन्‍सुलेटमा कार्यरत आफ्ना कर्मचारी तथा केही नागरिक गरी २०० जनाको उद्धार गरेको छ । उनीहरुलाई दुई हप्ता विमानस्थलको ह्यांगरमा नै बनाइएको अस्थायी क्‍वारेन्‍टाइनमा राखिने सीएनएनले बताएको छ । यस्तै बेलायतले पनि आफ्ना २०० नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । वुहानबाट फर्कन चाहिरहेका बेलायतीहरुलाई सरकारले वेवास्ता गरेको आरोप पनि लागेको छ ।


यस्तै ईयूका नागरिकहरुको उद्धारका लागि पनि दुईवटा विमानको व्यवस्था गरिएको छ । जसबाट २५० फ्रान्सेली नागरिक स्वदेश फिर्ता हुन लागेको बताइएको छ । दक्षिण कोरियाले पनि चारवटा विमानबाट आफ्ना ७०० जना नागरिकलाई यसै साता वुहानबाट उद्धार गर्न लागेको बताएको छ ।


चीनले वुहान सहरलाई जेनेवरी २३ तारिखदेखि पूर्ण रुपमा 'लकडाउन' गरेको छ भने । हुबेइ प्रान्तका अन्य सहरहरु पनि लकडाउन गरिएका छन् ।


चिनियाँ राष्ट्रपति सी चिनफिङले नोवल कोरोना भइरसलाई 'राक्षस'को संज्ञा दिँदै चीनले यसलाई जसरी पनि परास्त गर्ने बताएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ विभागले फैलिएको संक्रमण उत्कर्षमा पुग्न अझै १० दिन लाग्ने बताएको छ ।


चीनमा भाइरसको संक्रमणका कारण मर्नेको संख्या १३२ पुगेको विभागले बुधाबार जनाएको छ । भाइरस गैरकानुनी रुपमा वन्यजन्तुको कारोबार हुने वुहानको माछा बजारबाट सुरु भएको अनुमान गरिएको छ । स्वासप्रस्वासमा गम्भिर असर पुर्‍याउने यस संक्रमणको हालसम्म कुनै औषधि वा भ्याक्सिन विकास भइसकेको छैन ।


चीनमा संक्रमणले उग्र रुप लिएसँगै अमेरिकी कफीको चेन 'स्टारबक्स'ले त्यहाँ रहेका आफ्ना २ हजार क्याफेलाई बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित : माघ १५, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?