चिनियाँ राष्ट्रपति सीको चेतावनी- 'कोरोनाभाइरसको संक्रमण बढ्दो छ'

चीनमा संक्रमणबाट मर्नेको संख्या ५६ पुग्यो

माघ १२, २०७६

रोयटर्स

बेइजिङ — अत्यन्तै खतरनाक प्रकारको नयाँ भाइरसको प्रकोप चीनभर फैलिरहेको चिनियाँ राष्ट्रपति सी चिन फिनले चेतावनी दिएका छन् । चिनियाँ नयाँ वर्षकै दिन सरकारका अधिकारीहरुको विशेष मिटिङ राखेर सो चेतावनी दिएका हुन् । राष्ट्रपति सीले उच्च अधिकारीहरुलाई देश अहिले निकै गम्भिर अवस्था भोगिरहेको बताएका थिए ।

नोवल कोरोनाभाइरसले हालसम्म चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने २ हजार बढीमा संक्रमण देखिएको छ ।  


संक्रमणले भयाभह रुप लिएसँगै अमेरिकाले चीनको वुहानमा रहेको आफ्नो कन्सुलेटलाई खाली गर्न निर्देशन दिइसकेको छ । उसले त्यहाँ कार्यरत आफ्ना कर्मचारीहरुलाई बाहिर निकाल्न मंगलबार विशेष विमान पठाउने भएको छ । 


साथै यूकेस्थित अनसन्धानकर्ताहरुले चीनले उक्त भाइरसलाई फैलनबाट रोक्न नसक्ने आशंका व्यक्त गरेका छन् । 


अत्याधिक संक्रमण देखिएका स्थान तथा सहरहरुमा केही समय अघि नै चीनले भ्रमण गर्न निषेध गरिसकेको छ । यस्तै वुहानमा विशेष सैन्य मेडिकल टोलीलाई पनि साहयताका लागि खटाइएको छ । 

रोयटर्स

Link copied successfully