कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा कोरोना भाइरसको जोखिम बढ्दै, अरु सहरमा पनि भेटियो 

चीन — चीनको वुहान सहरमा भेटिएको कोरोना भाइरस अरु सहरमा पनि फैलिँदै जाँदा जोखिम बढेको छ । चिनियाँ अधिकारीहरुका अनुसार दुई दिनयता १३९ नयाँ केसहरु फेला परेका छन् । भाइरसकाे संक्रमण अरु सहरमा पनि भेटिएका छन् । 

चीनमा कोरोना भाइरसको जोखिम बढ्दै, अरु सहरमा पनि भेटियो 

स‌ंक्रमित बिरामीहरु वुहान बाहेक बेइजिङ र सेनजेन सहरमा पनि भेटिएका छन् । सोमबार दक्षिण कोरिया, थाइल्यान्ड र जापानमा पनि यो भाइरस भेटिएको जानकारी आएको छ । हालसम्म २०० भन्दा केसहरु भेटिएको बताइएको छ जसमा ३ जनाको श्वासप्रश्वासको समस्याबाट मृत्यु भइसकेको छ ।


स्वास्थ्य अधिकारीका अनुसार यो डिसेम्बरमा वुहान सहरमा कोरोना भाइरसको संक्रमण पाइएको थियो । यो भाइरलजस्तै फैलिइरहेको छ अरु पनि धेरैजना प्रभावित भएका हुन सक्छन् ।


बेलायती विज्ञहरुले बीबीसीलाई बताए अनुसार अहिलेसम्म संक्रमित भएका व्यक्तिहरुको संख्या अझ बढी हुन सक्छ । १७०० जना प्रभावित भएको उनीहरुको आंकलन रहेको छ ।


चिनियाँ नयाँ वर्षको अवसरमा मानिसको चहलपहल बढेका हुनाले चीनले निगरानी तथा उच्च सर्तकता अपनाएको छ ।


को को संक्रमित भएका छन् ?


वुहान सहरका अधिकारीका अनुसार यो हप्ता अवधिमा १३६ नयाँ केसहरु पुष्टि भइसकेको छ जसमा ३ जनाको मृत्यु भइसकेको छ ।


वुहान सहरमै अहिलेसम्म २०० भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् । आइतबारसम्म अधिकारीका अनुसार वुहानमा १७० जनाको उपचार भइरहेको छ जसमा ७ जना सिकिस्त अवस्थामा रहेका छन् ।


बेइजिङ ड्याक्सि जिल्लाका स्वस्थ्य अधिकारले जनाएअनुसार वुहान घुम्न आएका २ जना व्यक्तिहरुको यही भाइरसको आशंका गरी उपचार गरिएको छ ।

सेन्जेन सहरमा पनि ६६ वर्षीय मानिसमा यो भाइरस देखिएको हो । उनी वुहानमा परिवारसहित यात्रामा गएका थिए ।


त्यसैगरी यो भाइरस अरु सहरतिर पनि फैलिँदै गइरहेको छ । २ वटा केस थाइल्यान्डमा देखिएको छ भने एउटा केस जापानमा । यी केसमा पनि वुहान सहर घुम्न गएका मानिसमा भाइरस देखिएको हो ।


दक्षिण कोरियाले रहस्यमी बिरामीबाट सोमबार एक महिलाको मृत्यु भएको बताएको छ । रोग रोकथाम तथा नियन्त्रण महाशाखा कोरियाको अनुसार ती ३५ वर्षीय चिनियाँ महिला ज्वरो र श्वासप्रश्वासको समस्या रहेको थियो र उनी वुहान सहरबाट फर्केर आएकी थिइन् ।


के भन्छन् स्वस्थ्य अधिकारी ?

चिनियाँ राष्ट्रिय स्वस्थय आयोगका अनुसार यो भाइरस रोकथाम र नियन्त्रण गर्न सकिन्छ । यसका अनुसार यो भाइरस मानिसबीचमा सर्दैन र यो संक्रमित जनवार सी फुडबाट भाइरस फैलिएको हो ।


विज्ञका अनुसार यस भाइरसबाट बच्न मासु र अण्डा पकाउँदा ध्यान पुर्‍याउने, जनवारको सम्पर्कबाट बच्ने र रुघाखोकी लागेका मानिसबाट टाढा रहन बताएका छन् ।


चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा सो समयमा घुम्न निस्कने चिनियाँ पर्यटकहरुबाट रोग फैलनसक्ने आशंका विश्व स्वास्थ्य संगठनले गर्दै विशेष गरेर थाइल्याण्डका अधिकारीहरुलाई उच्च सतर्कता अप्नाउन सुझाएको छ। हालै वुहान भ्रमण गरेका जोकोहीलाई पनि रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्यकर्मीलाई देखाउन पनि आग्रह गरिएको छ।


के हो कोरोना भाइरस ?

यो एक प्रकारको भाइरस हो जसमा रुघाखोकीको लक्षण देखिन्छ । सन् २००२ मा चीनमा देखिएको यो भाइरसबाट हालसम्म ७७४ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ९८ जना संक्रमित भएका छन् ।

सम्बन्धित समाचार :


प्रकाशित : माघ ६, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?