२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नयाँ चिनियाँ भाइरस फैलनसक्ने भन्दै विश्वभरका अस्पताललाई सजग रहन डब्लूएचओको आग्रह

रोयटर्स

जेनेभा — विश्व स्वास्थ्य संगठनले चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस त्यहाँ महामारीको रुपमा फैलिएको हुनसक्ने आशंका गरेको छ । कोरोनाभाइरस यस्तो प्रकारको भाइरस हो जसले सामान्य रुघाखोकीदेखि सार्स जस्तो जटिल संक्रमण हुनसक्दछ ।

नयाँ चिनियाँ भाइरस फैलनसक्ने भन्दै विश्वभरका अस्पताललाई सजग रहन डब्लूएचओको आग्रह

थाइल्याण्डमा नयाँ प्रकारको स्ट्रेनसहितको कोरोनाभाइरस भेटिएपछि एक चिनियाँ महिलालाई त्यहाँका अधिकारीहरुले क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् । थाइ अधिकारीका अनुसार चीनभन्दा बाहिर यसप्रकारको भाइरस भेटिएको यो पहिलो घटना हो ।


चीनको केन्द्रमा रहेको वुहान सहरमा ४१ जना निमोनिया भएका बिरामीको जाँच गर्दा सबैमा नयाँ प्रकारको कोरोनाभाइरस रहेको पत्ता लागेको थियो । जसमध्ये एकजनाको मृत्यु समेत भएको छ । त्यसपछि त्यहाँ कुनै नयाँ बिरामी नभेटिएको वुहानका स्वास्थ्य अधिकारीहरुले दाबी गरेका छन् ।


'हामीसँग भएको सूचना अनुसार हाल यो मान्छे–मान्छेमा मात्रै सरेको देखिएको छ, त्यो पनि आफ्नै परिवार भित्र । र, यो अन्यत्र फैलिएको छैन भन्ने देखिन्छ,' विश्व स्वास्थ्य संगठनको नयाँ रोग विभागकी कायममुकायम प्रमुख मारिया भान केखोभले भनिन् ।


यद्यपी विश्व स्वास्थ्य संगठनले भने यो अझै ठूलो संख्यामा फैलिएको हुनसक्ने आशंका जेनेभामा मंगलबार भएको प्रेस ब्रिफिङमा बताएको थियो । 'अहिले सुरुवाती अवस्था रहेकोले केही ठोकुवा गर्न मिल्ने स्थिति छैन,' ब्रिफिङमा भनिएको थियो ।


विश्व स्वास्थ्य संगठनले संसारभरका अस्पतालहरुलाई उक्त संक्रमणका बारे जानकारी दिँदै भाइरस देखिएमा त्यसलाई फैलन नदिने उपाय अपनाउन आग्रह गरेको छ । यो नयाँ भाइरसका लागि कुनै यकिन उपचार नभएपनि एन्टीभाइरल औषधिहरुले नै काम गर्नसक्ने अनुमान गरिएको छ ।


चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा सो समयमा घुम्न निस्कने चिनियाँ पर्यटकहरुबाट रोग फैलनसक्ने आशंका विश्व स्वास्थ्य संगठनले गर्दै विशेष गरेर थाइल्याण्डका अधिकारीहरुलाई उच्च सतर्कता अप्नाउन सुझाएको छ । हालै वुहान भ्रमण गरेका जो कोहीलाई पनि रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्यकर्मीलाई देखाउन पनि आग्रह गरिएको छ ।

प्रकाशित : माघ १, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?