काठमाडौंदेखि पैदलै सप्तरी (भिडियो)

चैत्र २५, २०७६

दिपेन्द्र रोक्का

काठमाडौँ — नेपाल सरकारले दुई सातादेखि जारी लकडाउनलाई वैशाख ३ गते सम्मलाई थपेको छ । लकडाउनले मजदुरहरुको दैनिकीमा असर गरिरहेको छ । यतिबेला उनीहरु पैदलै घर फर्किरहेका छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनीहरु ३–४ दिन लगाएर घर फर्किन बाध्य छन् । 

पैदल हिँडेर घर फर्किने मजदुर र बटुवाहरुलाई धुलिखेलका युवाले पनि साथ दिएका छन् । स्थानिय युवाको समुहले आफ्ना पुराना जुत्ता, चप्पल उनीहरुका लागि भनेर चोकमा राखिदिएका छन् । जुत्ता बाहेक उनीहरुले पैसा संकलन गरेर खाजा र पानीको पनि व्यवस्था गरेका छन् । 


याे पनि पढ्नुहाेस्ः


लकडाउन

दिपेन्द्र

Link copied successfully