कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौंदेखि पैदलै सप्तरी (भिडियो)

दिपेन्द्र रोक्का

काठमाडौँ — नेपाल सरकारले दुई सातादेखि जारी लकडाउनलाई वैशाख ३ गते सम्मलाई थपेको छ । लकडाउनले मजदुरहरुको दैनिकीमा असर गरिरहेको छ । यतिबेला उनीहरु पैदलै घर फर्किरहेका छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनीहरु ३–४ दिन लगाएर घर फर्किन बाध्य छन् । 

काठमाडौंदेखि पैदलै सप्तरी (भिडियो)

पैदल हिँडेर घर फर्किने मजदुर र बटुवाहरुलाई धुलिखेलका युवाले पनि साथ दिएका छन् । स्थानिय युवाको समुहले आफ्ना पुराना जुत्ता, चप्पल उनीहरुका लागि भनेर चोकमा राखिदिएका छन् । जुत्ता बाहेक उनीहरुले पैसा संकलन गरेर खाजा र पानीको पनि व्यवस्था गरेका छन् ।


याे पनि पढ्नुहाेस्ः


प्रकाशित : चैत्र २५, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?