कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विश्वकै पहिलो वायरलेस टीभी

काठमाडौँ — डिस्प्लेस नामक ब्रान्डले विश्वकै पहिलो पूर्णरूपमा वायरलेस टेलिभिजन तयार पारेको छ । फोर–के स्क्रिन भएको ५५ इन्चको टेलिभिजन ९ केजीको रहेको र सहजै भित्ता तथा अन्य सतहमा राख्न सकिने कम्पनीले जनाएको छ ।

विश्वकै पहिलो वायरलेस टीभी

पावर केबलको पनि आवश्यकता नपर्ने टीभी सञ्चालनका लागि प्रयोग गरिएका चारवटा ब्याट्री पूर्णरूपमा चार्ज गरेर दिनको ६ घण्टाका दरले एक महिनासम्म टेलिभिजन हेर्न सकिन्छ । ब्याट्रीको क्षमतालगायत सुविधा बढाउने विषयमा पनि थप कार्य भइरहेको कम्पनीले जनाएको छ ।

त्यसका साथै, टीभीको माथिपट्टिको भागमा ४–के क्यामेरा रहेको र यसले गोपनीयतालगायत विषय कायम गर्ने तथा प्रयोगकर्ताको हातको इसारा वा आवाजका आधारमा टीभी सञ्चालन गर्न सकिन्छ । टेलिभिजनमा दुई वा चारवटा टेलिभिजनलाई छेउमा राखेर ११० इन्च तथा २२० इन्चको डिस्प्लेमा समेत कार्यक्रम हेर्न सकिने विशेषता छ । टेलिभिजन पहिलो चरणमा सय वटा उत्पादन गर्ने र यसवर्षको अन्त्यसम्ममा बजारमा आइसक्ने कम्पनीले जनाएको छ ।

यसको मूल्य ३ हजार अमेरिकी डलर तोकिएको छ । यसअघि दक्षिण कोरियाली कम्पनी एलजीले पनि वायरलेस टेलिभिजन तयार गरिरहेको जनाइसकेको छ । एलजीको ९७ इन्चको उक्त टेलिभिजन भने पूर्णरूपमा वायरलेस छैन ।

प्रकाशित : पुस २५, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?