कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फरक क्षमता भएकालाई नयाँ प्लेस्टेसन

एजेन्सी

टोकियो — जापानी कम्पनी सोनीले शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि नयाँ गेमिङ स्टेसन ल्याउने भएको छ । त्यसका लागि विज्ञहरूको टिम बनाएर काम सुरु गरिएको कम्पनीले जनाएको छ ।

फरक क्षमता भएकालाई नयाँ प्लेस्टेसन

‘पोजेक्ट लियोनार्दो’ नाम दिइएको नयाँ प्लेस्टेसन–५ मा विभिन्न बटन, ट्रिगर र स्टिकहरू हुने र त्यसलाई आफ्नो सहजताका आधारमा निर्धारण गर्न सकिने जनाइएको छ । यद्यपि, यो बजारमा आउने मिति र मूल्यबारे भने केही उल्लेख गरिएको छैन । सन् २०१८ मा सार्वजनिक माइक्रोसफ्ट एडप्टिभ कन्ट्रोलर अन्तर्राष्ट्रिय बजारमा हाल एक सय अमेरिकी डलरमा पाइन्छ । सोनी कम्पनीका एक अधिकारीले नयाँ प्लेस्टेसन गेमिङमा रुचि राख्नेहरूका लागि निकै सरल, सहज र लामो समयसम्म टिकाउ भएको जनाएका छन् । ‘पोजेक्ट लियोनार्दो’ निकै फरक रहेको र बजारमा उपलब्ध अन्य प्लेस्टेसनको तुलनामा निकै उपयोगी हुने दाबी कम्पनीको छ ।

‘पोजेक्ट लियोनार्दो हाम्रो टिमका लागि विल्कुल नयाँ योजना हो । प्लेस्टेसनमा हामीसँग २८ वर्ष लामो अनुभव भएकाले शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि यो निकै उपयोगी हुनेमा हामी विश्वस्त छौं,’ कम्पनीले भनेको छ । पोजेक्ट लियोनार्दोलाई अमेरिकाको एबल गेम्स र यूकेको स्पेसल इफेक्ट्सले सहयोग गर्ने जनाइएको छ । स्पेसल इफेक्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी माइक डोनेगनले ‘नयाँ उत्पादनका लागि आफू निकै उत्साहित रहेको’ बताएका छन् ।

प्रकाशित : पुस २४, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?