कञ्चनपुरमा ६६ मतदानस्थल अति संवेदनशील

कञ्चनपुरमा जम्मा १ सय ३२ मतदानस्थल रहेका छन् । जसमध्ये सामान्य २६ र संवेदनशील ४० मतदानस्थल रहेका छन् ।

माघ ९, २०८२

भवानी भट्ट

66 polling stations in Kanchanpur are highly sensitive

कञ्चनपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा ६६ मतदानस्थल अति संवेदनशील रहेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेका जिल्लामा रहेका आधा मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले जनाएको छ ।

‘बाटोघाटोका असुविधा, खोला आसपास र वन क्षेत्र नजिकका मतदानस्थललाई अति संवेदनशील मान्ने गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘त्यही अनुसार सुरक्षाकर्मीको उपस्थिति बढाउनेदेखि मोबाइल गस्ती पनि बढाउने गरिन्छ ।’

कञ्चनपुरमा जम्मा १ सय ३२ मतदानस्थल रहेका छन् । जसमध्ये सामान्य २६ र संवेदनशील ४० मतदानस्थल रहेका छन् । यसैगरी जम्मा मतदान केन्द्रको संख्या ३ सय ६० रहेको छ । जसमा ४९ सामान्य, १ सय १९ संवेदनशील र १ सय ९२ अति संवेदनशीलमा राखिएको छ । 

जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा १ लाख ५४ हजार ६८ पुरुष, १ लाख, १ लाख ६० हजार ३१६ महिला र अन्य १ गरी जम्मा ३ लाख १४ हजार १४ हजार ३८५ मतदाता रहेका छन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully