बालेन्द्रले चढिरहेको गाडी कसको हो ?

चुनावी सभाका निम्ति गत आइतबार जनकपुर पुगेका बेला पनि बालेन्द्र यही गाडीमा देखिएका थिए ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Whose car is Balendra riding in?

What you should know

काठमाडौँ — बिहीबार बेलुकादेखि सामाजिक सञ्जालमा झापा–५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चढेको गाडीको तस्बिर भाइरल जस्तै बनेको छ ।

बिहीबारदेखि चार करोड रुपैयाँभन्दा बढी पर्ने कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडी कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा मत–मतान्तर भइरहेको देखिए पनि बालेन्द्र यही गाडीमा केही दिन अघिदेखि नै हिँडिरहेका थिए । चुनावी सभाका निम्ति गत आइतबार जनकपुर पुगेका बेला पनि बालेन्द्र यही गाडीमा देखिएका थिए ।

Whose car is Balendra riding in?

बालेन्द्रले चढेको गाडी उनको आफ्नै हो कि अरू कसैले उनलाई दिएको हो ? यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार यो गाडी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवा स्थित करेन्ट मसला उत्पादन गर्ने कम्पनी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा छ । यसका एक लगानीकर्ता कमल मालपानी हुन् । कमलको  तिलोत्तमामै अर्को उद्योग पनि छ । त्यो हो, यसोदा फुड्स प्रालि । जसले करेन्ट चाउचाउ, लाली चाउचाउ र करेन्ट चिजबल उत्पादन गर्ने गर्छ । कमलले स्वामित्वमा रहेको अर्को उद्योग श्रीराम टोबाको प्रालि भने बुटवल उपमहानगरपालिकामा छ । यसले भोला गुट्खा र जित सुर्ती उत्पादन गर्ने गर्छ ।

कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा मालपानीले बालेन्द्रले चढिरहेको गाडी आफूहरूले दिएको बताए । उनले यतिमात्रै भने, 'हो हामीले नै दिएको गाडी हो ।' कति समयका निम्ति गाडी दिइएको हो भन्ने प्रश्नमा भने उनले यसबारे केही कुरा नभएको तर आफूहरूले गाडी दिएको बताए ।

कान्तिपुर

Link copied successfully