माओवादीले लियो सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

फाल्गुन २३, २०८०

अर्जुन शाह

The Maoists withdrew their support to the Sudurpaschim Province government

धनगढी — माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । धनगढीमा बुधबार बसेको संसदीय दलको दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई रहेको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश सांसद ओमविक्रम भाटले बताए ।

मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए । त्यसलगतै माओवादी केन्द्रले समर्थन फिर्ता लिने छलफल सुरु गरेको थियो । सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् । 

कांग्रेस नेतृत्वको सुदूरपश्चिमको सरकारमा नागरिक उन्मुक्ति र एकीकृत समाजवादी पनि सत्ता साझेदार छन् । यी दुवै दललाई भने मुख्यमन्त्री शाहले सरकारमा कायमै राखेका छन् ।

सुदूरपश्चिममा कांग्रेस, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको बहुमत पुग्ने अवस्था छ । यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । 

The Maoists withdrew their support to the Sudurpaschim Province government

सत्ता गठबन्धन हेरफेर

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully