गण्डकीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

फाल्गुन २३, २०८०

प्रतीक्षा काफ्ले

Withdrawal of support given to government by Maoists in Gandaki

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

बुधबार प्रदेशसभाअन्तर्गत माओवादी संसदीय समितिको दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् । उनले आज नै प्रदेशसभा सचिव हरिराज पोखरेललाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिने बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन ७ दलीय गठबन्धन भत्काएर नयाँ समीकरण बनाएसँगै कांग्रेसका मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्री बर्खास्त गरेका थिए । 

सत्ता गठबन्धन हेरफेर

प्रतीक्षा

Link copied successfully