माधव नेपाल निवास कोटेश्वर पुगे देउवा

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Madhav Nepal Niwas Koteshwar reached Deuba

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।  पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् ।

बुधबार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुगेका हुन् । देउवाले 'प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएकाले अब सँगै मिलेर जाऔं' भन्ने प्रस्ताव नेपालसामु राखेको स्रोतले बतायो । 

जवाफमा नेपालले आज केन्द्रीय सचिवालयमा छलफल गर्ने जानकारी दिए ।

राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । मंगलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने  विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully