वसन्ता क्षेत्रमा बाढी, भीमदत्त राजमार्ग अवरुद्ध

श्रावण २३, २०८०

अर्जुन शाह

धनगढी — सोमबार रातिको अविरण वर्षापछि कैलालीको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् भने पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

कैलारी गाउँपालिकाकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार वडा नम्बर ७ वसन्ता क्षेत्रमा पर्ने बर्का वसन्ता र छटकपुर वसन्ताका स्थानीय बस्तीहरुमा बाढी पसेको छ । अध्यक्ष चौधरीका अनुसार प्रभावित परिवार र क्षतिको एकिन विवरण प्राप्त भइसकेको छैन ।   

यस्तै, सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने राजमार्ग हो । प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका ४ बुढीतोलास्थित गोदावरी नगरपालिका ४ बुढीतोला, खानीडाँडा लगायत चार पाँच ठाउँमा पहिरो गएको छ । 

सडक अवरुद्ध भएपछि अहिले दर्जनौं सवारी साधन र यात्रुहरु बाटोमै रोकिएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालका अनुसार पहिरो हटाएर सडक खुलाउने काम भइरहेको छ । 

बाढीपहिरो

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully