कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ २७, २०७८

चित्रांग थापा

धनगढी — सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बिहीवार  दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा कञ्चनपुरको बेलौरी– ५ का ५४ वर्षीय पुरुष, कैलालीको गोदावरी– ५ का ७७ वर्षीय पुरुष र अछामको साँफे– ७ का १७ वर्षीय पुरुष रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ७९ जनाको नमुना परीक्षणमा ८६ जनामा  कोरोना पुष्टि भएको छ । 

कोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully