कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ २३, २०७८

चित्रांग थापा

धनगढी — सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा आइतबार दिउँसो सार्वजनिक विवरणमा उल्लेख भए अनुसार मृतकहरुमा कैलालीको घोडाघोडी– १ का ७९ वर्षीय  पुरुष र  कञ्चनपुरको बेलौरी–९  की ७६ वर्षीया महिला रहेका छन् ।  

यसैगरी, पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ३ सय ३५ जनाको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully