बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ २३, २०७८

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आइतबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रूपन्देही र अर्घाखाँचीका रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनका अनुसार जेठ २२ गते भर्ना भएकी रुपन्देही कञ्चन–३ की ३४ वर्षीया महिलाको बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो भने जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँची छत्रदेव–७ का ७३ वर्षीय पुरुषको ७ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully