सेती अस्पतालमा कोरोनाबाट थप ६ को मृत्यु

जेष्ठ ४, २०७८

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसोसम्म अस्पतालमा १ सय २२ जना संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सोमबार दिउँसोसम्म  मृत्यु हुनेमा ४ जना कैलालीका र १/१ जना कञ्चनपुर र डोटीका रहेका छन् । 

मृत्यु हुनेहरुमा कैलालीको धनगढी –२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको कृष्णपुर –७ का ३२ वर्षीय पुरुष, कैलालीको जोशीपुर–५ की २९ वर्षीया महिला, डोटीको सिलगढी –६ का ६१ वर्षीय पुरुष, कैलालीको धनगढी –१ का  ८० वर्षीय पुरुष र कैलालीको धनगढी –१७ की ३५ वर्षीया महिला रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा मंगलबार दिउँसोसम्म १ सय २२ जना  संक्रमितमध्ये १६ जना आईसीयूमा,  अक्सिजनको सपोर्टमा १ सय १ जना तथा  अन्य ५ जना मध्यम खालका संक्रमितको  उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना निको भएका छन भने ८ जना नयाँ संक्रमित भर्ना गरिएको श्रेष्ठले जानकारी दिए । यसैगरि पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ९ जनाको परीक्षण गरिएको छ । जसमध्ये ३ सय ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कोरोना खोपकोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully