कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पर्सा बारा औद्योगिक करिडोरका उद्योगको उत्पादन ५० प्रतिशत कटौती 

शंकर आचार्य

पर्सा — कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको कारण पर्सा बारा औद्योगिक करिडोरका उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताका अनुसार प्राय: सबै उद्योगले हाल आफ्नो उत्पादन कटौती गरेर सीमित जनशक्तिबाट उद्योग सञ्चालन गरिरहेका छन् ।

पर्सा बारा औद्योगिक करिडोरका उद्योगको उत्पादन ५० प्रतिशत कटौती 

गतवर्ष जस्तो कोरोनाकालमा मजदुरलाई आवागमन समस्या भएर तथा मजदुरहरु संक्रमित भएर उद्योग सञ्चालनमा समस्या नभई निषेधाज्ञाको कारण बजार नै बन्द रहेकाले आफ्ना उत्पादनको मागमा कम आएपछि उद्योगहरुले स्वतःस्फुर्त उत्पादन कटौती गरेको उनले बताए ।

करिडोरका उद्योगहरुमा यसवर्ष सावधानी र सर्तकर्ता अपनाइएकाले पनि गत बर्षको तुलनामा मजदुरहरु पनि कम संक्रमित भएको उनले दाबी गरे ।

करिडोरमा डाबर नेपाल, सूर्य नेपाल, ब्रिटानिया नेपाल जस्ता बहुराष्ट्रिय कम्पनीका साथै साना,ठूला र मझौला गरी करिब १ हजार ३ सय उद्योग सञ्चालनमा छन् । ती उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा १ लाख २५ हजार देखि १ लाख ५० हजारसम्म मजदुरले रोजगारी पाउँछन् । हाल भने करिब ७५ हजार मजदुर मात्र कार्यरत छन् ।

प्रकाशित : जेष्ठ ४, २०७८ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?