धनगढीमा कोरोनाबाट ३ जनाको मृत्यु

वैशाख १६, २०७८

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी–३ की ४५ वर्षीया महिलाको कोरोना रिपोर्ट आउनअघि मृत्यु भएको हो । उनको परीक्षणको नतिजा बिहिवार मात्रै आएको हो । उनी बुधवार राति १२ बजे अस्पतालको इमरजेन्सी वार्डमा मृत्यु भएको थियो । 

अस्पतालमा आईसियूमा भर्ना भएका लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का  ६० वर्षीर्ये पुरुषको मृत्यु  भएको हो । सेती अस्पतालको आईसियूका १२, भेन्टिलेटरमा ३, अक्सिजन लिइरहेका ३५ जना र कडा खाले १० जना गरी ६० जनाको उपचार भइरहेको श्रेष्ठले बताए । 

कोरोना भाइरस

मोहन

Link copied successfully