धनगढीमा एक कोरोना संक्रमितको मृत्यु

कार्तिक २९, २०७७

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार बिहान ५ बजे एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कात्तिक २२ गते कोरोना पुष्टि भएको थियो ।  अस्पतालमा २३ गते भर्ना गरिएको थियो । उनी ब्लड क्यान्सर पीडित थिए । 

योसँगै कैलालीमा मृत्यु हुने संक्रमितको संख्या १७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा कोरोना संक्रमितमा  मृत्यु हुनेको संख्या हालसम्म ३१ पुगेको छ । कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५ जना रहेको छ । जसमध्ये ८ हजार ७ सय ७७ निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ९८ जना रहेको छ । 

कोरोना भाइरस

मोहन

Link copied successfully