सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण

कार्तिक १, २०७७

तृप्ति शाही

बैतडी — सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बैतडीबाट निर्वाचित सांसद भट्टलाई शनिबार कोभिड-१९ पोजिटिभ देखिएको हो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद भट्टलाई कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एकहप्ताबाट होम आइसोलेसनमा रहेका सांसद भट्टले सामान्य रुघाखोकी लागेपछि शुक्रबार स्वाब परीक्षणका लागि दिएको बताए ।

उनले भने, ‘एकहप्ता अघि गाउँघरतिर पनि गएको हुँ । पाटन नगरपालिकामा पनि गइएको थियो । त्यहाँ केहि कर्मचारीहरुलाई पनि देखियो । अनि आइसोलेसनमै बसेको थिए । परीक्षण गर्दा रिर्पोट पोजिटिभ आयो । तर अवस्था समान्यनै छ । घरमै आइसोलेसनमा बसेको छु ’

कोरोना भाइरस

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully