अस्पताल लैजाने क्रममा बाटोमै संक्रमित महिलाको मृत्यु

कार्तिक १, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  ती महिलालाई स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो ।

गुल्मीको रेसुंगा नगरपालिका–३ की ५८ वर्षीया महिलाको पीसीआर पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालको आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ साढे ६ बजे बाटोमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृतकमा श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully