बीपी प्रतिष्ठानमा झापा र सुनसरीका कोरोना संक्रमितको मृत्यु

कार्तिक १, २०७७

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत झापा र सुनसरीका कोरोना संक्रमित दुई  पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धरान उपमहानगरपालिका–१५ बाझगराका ६५ वर्षीय पुरुष र झापाको शिवगन्ज–११ बस्ने ५६ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये धरानका संक्रमितको शुक्रबार ७ बजेर १५ मिनेटमा र झापाका संक्रमितको ७ बजेर ४५ मिनेटमा मृत्यु भए पनि कोभिड अस्पतालले शनिबार बिहान १० बजेमात्र औपचारिक जानकारी दिएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका उनका अनुसार पेटसम्बन्धी सेप्टिक सकका दीर्घ रोगी धरानका पुरुषको पीसीआर जाँच गर्दा असोज २८ गते कोरोना पोजिटिभ रिपोर्ट आएपछि २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी नसासम्बन्धी रोगी झापाका संक्रमितको असोज २९ गते कोरोना पोजेटि भएको रिपोर्ट आएको भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

कोरोना भाइरस

Link copied successfully