होम आइसोलेसनमा रहेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु

कार्तिक १, २०७७

कान्तिपुर संवाददता

भक्तपुर — भक्तपुर नगरपालिका–७ इनाचोका कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

दम तथा निमोनियाका बिरामी ती पुरुषको असोज २८ (बुधबार) डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले बताए ।

कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको शनिबार मृत्यु भएको उनले बताए । स्थानीय जनप्रतिनिधि, प्रहरीको रहोवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully