बझाङमा थप एक साता निषेधाज्ञा

भाद्र १७, २०७७

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ ।

भदौ १७ गते राति १२ बजेबाट लागू हुने गरी भदौ २५ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गरिने रेग्मीले बताए । उनले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुला गर्न दिइने बताए ।

बझाङमा मंगलबार र बुधबार गरी ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ ।

कोरोना भाइरस

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully