बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

श्रावण २३, २०७७

तृप्ति शाही

बैतडी — बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ को मठैराजमा घर माथिबाट आएको पहिरोले पुरिएर ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षका छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

पहिरोले घरको माथिल्लो तला च्यापिँदा आमाछोराको मृत्यु भएको र तल्लो तलामा सुतेका छोरीहरु भागेर बाँच्न सफल भएको  डीएसपी अधिकारीले बताए । 

बाढी-पहिरो

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully