प्लेयर्स टु वाच : माइकल ओलिस (फ्रान्स)

इंग्ल्यान्डमा जन्मिएका उनले च्याम्पियनसिप टोली रिडिङबाट २०१९ मा पहिलो पटक खेलेका थिए । २०२१ मा उनलाई प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसले लिएको थियो ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Michael Ollis (France)

काठमाडौँ — हाल खेलिरहेका खेलाडीमा माइकल ओलिसलाई विश्वको उत्कृष्टमध्येका खेलाडीमा गनिन्छन् । इंग्ल्यान्डमा जन्मिएका उनले च्याम्पियनसिप टोली रिडिङबाट २०१९ मा पहिलो पटक खेलेका थिए । २०२१ मा उनलाई प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसले लिएको थियो ।

३ सिजन लन्डनमा बिताउनेक्रममा उनी २०२४ मा पीएफए युवा वर्ष खेलाडीमा मनोनीत भए । सोही वर्ष उनी जर्मनीको बायर्न म्युनिख लागे, जहाँ उनले आफूलाई प्रभावशाली विङ्गरको रूपमा स्थापित गरे । २४ वर्षे उनी एट्याकिङ मिडफिल्डरको रूपमा पनि खेल्छन् । 

ओलिसले २०२४ मा पेरिस ओलम्पिक फ्रान्सको युथ टोलीबाट खेलेका थिए । उनी इंग्ल्यान्डबाहेक अल्जेरिया र नाइजेरियाबाट पनि खेल्न पाउँथे । तर, उनले फ्रान्स रोजे । २०२४ मा उनले यूईएफए नेसन्स लिगमा इटालीविरुद्ध खेल्दै फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए ।

त्यसयता उनले फ्रान्सको राष्ट्रिय टोलीबाट २३ खेल खेल्दै ७ गोल गरेका छन् । यस विश्वकपमा उनको भूमिका केही फरक छ । उनले ५ असिस्ट गरिसकेका छन् । १९९४ को विश्वकपमा थोमस हाबलरयता पहिलो पटक विश्वकपमा फ्रान्सका कुनै खेलाडीले ५ गोललाई पास मिलाइ दिएका हुन् । फ्रान्सले अन्तिम ३२ मा स्विडेन विरुद्ध विजय हात पार्दा ओलिसले २ असिस्ट गरेका थिए । 

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully