दुवै टिमसामु यो खेलमा आफू अनुकुल नतिजा निकालेर अन्तिम ३२ मा पुग्ने सम्भावना जीवन्त राख्ने अवसर पनि हुनेछ ।
अल्जेरियाले उत्कृष्ट पुनरागमन रच्दै मंगलबार विश्वकप २०२६ मा जोर्डनलाई २–१ ले पराजित गरेको छ । यो जितले अल्जेरियाको तीन अंक भएको छ र नकआउट चरण प्रवेशको सम्भावना जीवन्त रह्यो । हारले भने जोर्डनको प्रतियोगितामा चुनौती समाप्त भएको छ । अल्जेरिया तीन अंकमा तेस्रो स्थानमा रह्यो ।
सान फ्रान्सिस्कोस्थित क्यालिफोर्नियाको सान्ता क्लारामा जारी जोर्डन र अल्जेरिया बीचको समूह 'जे' अन्तर्गतको विश्वकप फुटबल खेलका क्रममा जोर्डनका हुसम अबुदाहाब (४) अल्जेरियाका रफिक बेलघाली (१७) विरुद्ध बलको लागि प्रतिस्पर्धा गर्दै। खेलको ३० मिनेट सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन । तस्बिर : एपी

