ब्राजिललाई लय समात्ने चुनौती

ब्राजिलले विश्वकप फुटबलमा शुक्रबार हाइटीको सामना गर्दै छ । यसमा टोलीसामु लयमा फर्कने चुनौती हुनेछ । समूह ‘सी’ को आफ्नो पहिलो खेलमा ब्राजिल निराशाजनक रूपमा मोरक्कोको हातबाट बराबरीमा रोकिएको थियो ।

असार ५, २०८३

रोयटर्स

Brazil faces a challenge to keep up the pace

What you should know

न्यु जर्सी — ब्राजिलले विश्वकप फुटबलमा शुक्रबार हाइटीको सामना गर्दै छ । यसमा टोलीसामु लयमा फर्कने चुनौती हुनेछ । समूह ‘सी’ को आफ्नो पहिलो खेलमा ब्राजिल निराशाजनक रूपमा मोरक्कोको हातबाट बराबरीमा रोकिएको थियो । त्यही खेलको प्रदर्शनबारे लिएर कार्लो एन्सेलोट्टीको रणनीतिलाई लिएर प्रश्न उठिरहेका बेला ब्राजिललाई एक अर्को खराब प्रदर्शनको छुट रहने छैन । 

कीर्तिमान पाँचपल्टको च्याम्पियन ब्राजिललाई मोरक्कोविरुद्धको खेलमा एक गोलले पछाडि रहेको स्थितिमा भिनिसियस जुनियरले खेलमा फर्काएका थिए । मोरक्कोले इस्माइल सइबरीको गोलले अग्रता लिएयता भिनिसियसले सुन्दर गोल गरेर टिमलाई जोगाएका थिए । त्यसपछि पनि ब्राजिलको प्रदर्शन सन्तोषजनक रहन सकेन र एक अंकमै चित्त बुझाउन बाध्य रह्यो । 

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन तथा सन् २०२२ को विश्वकपको ‘सरप्राइज प्याकेज’ मोरक्कोको प्रदर्शन आफैंमा उत्कृष्ट रहेको थियो । टोलीले निकालेको लामो–लामो पासमा ब्राजिल दबाबमा देखिएको थियो । अबको खेल फिलाडेल्फियामा हुनेछ र त्यसमा ब्राजिलको जितको अपेक्षा रहनेछ । तर अहिलेको लय हेरेर ब्राजिललाई यो पनि गाह्रो हुने अनुमान गरिएको छ । 

यसपल्टको विश्वकपमा ‘अन्डर डग’ छवि बनाएको हाइटी आफ्नो पहिलो खेलमा भने स्कटल्यान्डसँग १–० ले पराजित भएको थियो । यस्तोमा हाइटीका लागि अबको बाटो सजिलो हुने छैन । एन्सेलोट्टीले मोरक्कोविरुद्ध इगोर थिएगो र राइब क्लब रोज इबानेजलाई सुरुदेखि खेलाएकामा आलोचना भइरहेको छ । पहिलो हाफमा कासेमिरो र लुका पाक्वेटोको खेल पनि राम्रो रहेको थिएन । 

पछि डानिलो, फाबिन्हो र म्याथिस कुन्हालाई मैदानमा उतारेपछि मात्र ब्राजिली टिमको सन्तुलन मिलेको देखिएको थियो । अब एन्सेलोट्टीसामु प्रश्न रहनेछ, हाइटीविरुद्ध पुरानै खेलाडीमा विश्वास गर्ने हो वा नयाँ टिमको प्रयोगमा जाने ? डानिलोले यसै विषयलाई लिएर भनेका छन्, एकै टिम संरचनामा मात्र केन्द्रित हुनुहुन्न र सबै खेलाडीलाई मौका दिनुमा समस्या छैन । 

विश्वकप सुरु हुन एकै वर्षअगाडि मात्र एन्सेलोट्टीले ब्राजिली टिमको जिम्मेवारी पाएका थिए । त्यतिबेलासम्म अन्य प्रमुख टिमले भने आफ्नो परिचय र छवि दुवै निर्धारण गरिसकेका थिए । एन्सेलोट्टी आफैंले पनि ब्राजिली टिममा समन्वयको अभाव रहेको सुरुमै स्वीकारेका थिए । उनकै भाषामा यो ब्राजिली टिमको सबैभन्दा ठूलो समस्या रहेको छ । 

डानिलोले भनेका छन्, ‘जतिबेला टिममा समस्या हुन्छ, त्यतिबेला पुरानो योजना जे थियो, त्यसमै अडिग रहनु ठीक हुनसक्छ । मलाई के लाग्छ भने हामीले यो विषयमा आफूलाई तयार राख्न सक्नुपर्छ ।’ ब्राजिली टिमलाई लिएर नेयमरसँग जोडिएको प्रश्न पनि अझै बाँकी छ । गत महिनादेखि चोटका कारण पूर्णतः मैदानमा फर्किनसकेको नेयमरको उपलब्धताबारे पनि अनिश्चिता छ । 

ब्राजिलले बुधबार गरेको अभ्यास सत्रमा नेयमर फर्केका थिए । तर उनले त्यसमा लामो समय बिताएनन् । मोरक्कोविरुद्धको खेलमा ब्राजिली टिममा जुन समस्या देखिएको थियो, त्यस्तै समस्या हाइटीविरुद्ध ब्राजिलका लागि स्वीकार्य हुने छैन । अहिलेका लागि ब्राजिली टिमका लागि लयमा फर्कने चुनौती नै सबैभन्दा मुख्य विषय रहेको छ ।

विश्वकप २०२६

रोयटर्स

Link copied successfully