दुवै टिम आ–आफ्नो पहिलो खेल जितेर तीन तीन अंकमा छन् । अब जितको अर्थ दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर हुनेछ ।
3 Updates
मेक्सिकोले शुक्रबार विश्वकप २०२६ को नकआउट चरण यात्रा निश्चित गरेको छ । सह–आयोजक टिम नकआउट चरण पुग्ने पहिलो टिम पनि भएको छ । समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेपछि मेक्सिको शीर्ष दुईमा रहने निश्चित भएको हो । यो जितले मेक्सिकोको दुई खेलबाट छ अंक भएको छ । पराजित दक्षिण कोरिया भने तीन अंकमा दोस्रो स्थानमा छ । हारका बावजुत दक्षिण कोरियाको अर्को चरण पुग्ने सम्भावना जीवन्त रहेको छ ।
