दिल्लीसँग लखनउ पराजित

पाँचौं विकेटका लागि १ सय २१ रनको अविजित साझेदारी गरेपछि दिल्लीले १ सय ४२ रनको लक्ष्य १७.१ ओभरमै पूरा गर्‍यो । दिल्ली क्यापिटल पाँचौं ओभरमा २४–४ को स्थितिमा पुगेका बेला समीर रिज्भी र ट्रिस्टन स्टब्लसले ७२ बलमै शतकीय साझेदारी गरेर जित निकालेका हुन्।

चैत्र १८, २०८२

एजेन्सी

Lucknow defeated by Delhi

What you should know

लखनउ — समीर रिज्भी र ट्रिस्टन स्टब्लसले महत्त्वपूर्ण शतकीय साझेदारी गरेपछि दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार लखउन सुपर जायन्टसलाई ६ विकेटले पराजित गरेको छ ।

यी दुईले पाँचौं विकेटमा १ सय २१ रनको अविजित साझेदारी गरेपछि दिल्लीले १ सय ४२ रनको लक्ष्य १७.१ ओभरमै पूरा गर्‍यो । आईपीएलमा पाँचौं विकेटका लागि दिल्लीको यो सबैभन्दा ठूलो साझेदारी हो । यी दुईले ७२ बलमै शतकीय साझेदारी पूरा गरेका थिए ।

रिज्भी ७० र स्टब्स ३९ रन बनाई अविजित रहे । रिज्भीले ४७ बल खेली ५ चौका र ४ छक्का तथा स्टब्सले ३२ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । लखउनबाट प्रिन्स यादवले २ तथा मोहम्मद सामी र मोहसिन खानले १–१ विकेट लिए । 

दिल्लीले कप्तान केएल राहुललाई इनिङ्सको पहिलो बलमै गुमाएको थियो । उनलाई सामीले आउट गरे । अर्का ओपनर पाथुम निसान्का पनि १ रनमा आउट भए । नितिश राना १५ रनमा आउट भए । कप्तान अक्षर पटेललाई उनले सामना गरेको पहिलो बलमै प्रिन्सले बोल्ड गरेपछि पाँचौं ओभरमा २४–४ को स्थितिमा पुगेको समयमा रिज्भी र स्टब्सले दिल्लीको उद्धार गरेका थिए । 

यसअघि टस हारेर ब्याटिङमा आएको लखनउ १८.४ ओभरमा १ सय ४१ रनमा अलआउट भएको थियो । लुङ्गी एनगिडी र टी नटराजनले ३–३ विकेट लिँदै लखनउलाई धराशायी बनाए । दक्षिण अफ्रिकी तीव्र बलर एनगिडीले ३.४ ओभरमा २७ र नटराजनले ४ ओभरमा २९ रन खर्चे । देव्रेहाते स्पिनर कुलदीप यादवले ४ ओभरमा ३१ रन खर्चेर २ र अक्षरले १ विकेट लिए । 

लखनउबाट ओपनर मिचेल मार्सले ३५ रन बनाए । उनले २८ बल खेली २ चौका र ३ छक्का प्रहार गरे । तर त्यसपछि कप्तान रिशभ पन्त ७, एडेन माक्रम ११, आयुश बडोनी शून्य, निकोलस पुरन ८, मुकुल चौधरी १४ रनमा आउट भए भने शाहबाज अहमद १५ रनमा अविजित रहे । 

अब्दुल समादले सर्वाधिक ३६ रन बनाए । उनले २५ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । सामी १ रनमा आउट भए भने नोकिए र मोहसिनले खाता पनि खोल्न सकेनन् ।

एजेन्सी

Link copied successfully