यसअघि सुवास खकुरेलले २०१४ को ट्वान्टी-२० विश्वकपमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए
काठमाडौँ — वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाएर ट्वान्टी-२० विश्वकपमै सबैभन्दा रन बनाउने खेलाडी बनेका छन् दीपेन्द्रसिंह ऐरी ।
साथै उनी नेपालका लागि विश्वकपमा दोस्रो अर्धशतक हान्ने खेलाडी बनेका छन् । आइतबार दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का हान्दै ५८ रनको योगफल बनाएका हुन् ।
यसअघि सुवास खकुरेलले २०१४ को ट्वान्टी-२० विश्वकपमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । मार्च २० मा बंगलादेशमा भएको खेलमा उनले ५३ बल सामना गर्दै ६ चौका र १ छक्कासहित ५६ रन बनाएका थिए । उक्त खेल नेपालले ९ रनले जितेको थियो ।
