विश्वकपमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी बने दीपेन्द्र

दीपेन्द्रले दुई वटा विश्वकपमा गरी १५१ रन बनाएका छन्

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप क्रिकेटमा नेपालका लागि सबैभन्दा रन बनाउने खेलाडी बनेका छन् । दीपेन्द्रले रोहित पौडेलको १०३ रनलाई उछिनेका हुन् । दीपेन्द्रले आइतबार वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाए ।

उनले दुई वटा विश्वकपमा गरी १५१ रन बनाएका छन् । ४७ बल सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रले सन् २०२४ को ट्वान्टी-२० विश्वकपको समूह चरणमा बंगलादेशविरुद्ध २५, दक्षिण अफ्रिकाविरुद्ध ६ र नेदरल्यान्ड्सविरुद्ध १ रन बनाएका थिए ।

जारी विश्वकपमा भने दीपेन्द्रले इंग्ल्यान्डविरुद्ध सानदार ब्याटिङ गरेका थिए । उनले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएका थिए । त्यस्तै इटालीविरुद्ध उनले १७ रन बनाएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully