न्युजिल्यान्डलाई हराएर दक्षिण अफ्रिका सुपर एटमा

अर्को चरण पुग्ने पहिलो टिम हुने क्रममा समूह डी को अहमदावादमा भएको खेलमा दक्षिण अफ्रिकाले १ सय ७६ रनको लक्ष्य ३ विकेट गुमाएर १७.१ ओभरमा सजिलै पूरा गरेको थियो ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — दक्षिण अफ्रिकाले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को शनिबारको खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएर सुपर एटमा प्रवेश गरेको छ । अर्को चरण पुग्ने पहिलो टिम हुने क्रममा समूह डी को अहमदावादमा भएको खेलमा दक्षिण अफ्रिकाले १ सय ७६ रनको लक्ष्य ३ विकेट गुमाएर १७.१ ओभरमा सजिलै पूरा गरेको थियो ।  

यो जितले दक्षिण अफ्रिकाको तीन खेलबाट छ अंक भएको छ र कम्तीमा समूहको शीर्ष दुईमा रहने निश्चित भएको छ । यो जितका नायक रहे, कप्तान एडेन मारक्रम । उनले ४४ बलमै ८६ रन बनाए र नटआउट पनि रहे । यस्तै क्विन्टन डे ककले २०, रायन रिकेल्टन २१ र डेविल्ड ब्रेभिसले २१ रन बनाए । मारक्रमले १९ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए ।

दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो र यो ठीक पनि सावित भयो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । यो स्कोरमा सबैभन्दा ठूलो योगदान मार्क च्यापमनको रह्यो । उनले २६ बलमा ४८ रन बनाए । यस्तै ड्यारेल मिचेलले २४ बलमा ३२ रन जोडे । दक्षिण अफ्रिका लागि मार्को जेन्सनले धारिलो बलिङ गरे । उनले ४० रनमा चार विकेटको सानदार प्रदर्शन गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully