आइतबार दुई पल्टको च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ । समूह सी मा नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा पराजित रहेको छ ।
मुम्बई — नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार विहान वानखेडे स्टेडियममा अभ्यास गरेको छ । नेपालको ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा आइतबार दुई पल्टको च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ । समूह सी मा नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा पराजित रहेको छ ।
वार्म अपका लागि फुटबल खेलेयता टिमले नेटमा अभ्यास गरेको थियो । टिमको प्रशिक्षण प्रमुख प्रशिक्षक स्टुवार्ट ल र बलिङ प्रशिक्षक इभान हार्भेले गरेका थिए । नेपालले प्रतियोगितामा आफ्नो चुनौती कायम राख्न वेस्ट इन्डिजमाथि निश्चित जित निकाल्नु पर्नेछ ।
नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित रहेको थियो । त्यसपछि नेपालले इटालीविरुद्धको खेल पनि गुमाएको थियो । नेपाली टिमका प्रमुख खेलाडी आरिफ सेखले इटालीविरुद्धको हारलाई बिर्सेर वेस्ट इन्डिजसँग राम्रो खेल्ने बताएका थिए ।
