ओमानविरुद्ध श्रीलंकाले बनायो ठूलो स्कोर

ओमानले टस जितेर पालेकेलेमा पहिले ब्याटिङको निम्तो दिएपछि श्रीलंकाले २ सय २६ रनको लक्ष्य तयार पारेको हो ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

मुम्बई —  श्रीलंकाले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा ओमानविरुद्ध समूह बी को खेलमा बिहीबार ५ विकेट गुमाएर २ सय २५ रनको ठूलो स्कोर बनाएको छ ।

ओमानले टस जितेर पालेकेलेमा पहिले ब्याटिङको निम्तो दिएपछि श्रीलंकाले २ सय २६ रनको लक्ष्य तयार पारेको हो ।  

ओपनर जोडीले भने स्कोरमा खासै योगदान गरेनन् । पथुमा निसान्काले १३ र कमिल मिसराले ८ रन मात्रै बनाए । त्यसपछि इनिङ्स सम्हाल्ने काम कुसल मेन्डिस र पाभन रथानायेकेले गरे । उनीहरूले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

रथनायकले ६० रन बनाए । उनले २८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यस्तै मेन्डिसले भने ४५ बलमा ६१ रन जोडे । रनआउट हुन अगाडि उनले ७ चौका प्रहार गरे । 

त्यसपछि कप्तान दसुन सनकाले २० बलमै ५० रन बनाए । उनको ब्याटबाट २ चौका र ५ छक्का निस्केको थियो ।

कान्तिपुर

Link copied successfully