विराटनगरविरुद्ध लुम्बिनी ब्याटिङमा

टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका छन्, जित्ने टोलीले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Lumbini bats against Biratnagar

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा पहिला फिल्डिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।


विराटनगर क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो भने लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो । यस खेल जित्ने टोलीले शनिबार सुदूरपश्चिमसँग शनिबार फाइनल खेल्ने छ ।

विराटनगरले अघिल्लो खेल खेलेको टोलीबाट शंकर राना र सुवास भण्डारीलाई टोलीमा समावेश गरेको छ । उनीहरूलाई नारायण जोशी र सूर्य तामाङको स्थानमा ल्याइएको छ । लुम्बिनीको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन । 

कान्तिपुर संवाददाता

Link copied successfully