Live

एनपीएल : पोखरा एभेन्जर्स vs कर्णाली याक्स [LIVE]

एनपीएलको नियमित र रोचक अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

NPL: Pokhara Avengers vs Karnali Yaks [LIVE]

81 Updates

(07:33 PM)

कर्णाली १९ ओभरमा अलआउट

 पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स १९ ओभरमा अलआउट भएको छ । अब कर्णालीको प्लेअफमा पुग्ने आशा पनि समाप्त भएको छ ।

Karnali all out in 19 overs

(07:30 PM)

पोखरा ३४ रनले विजयी

कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले ३४ रनले पराजित गरेको छ ।

Pokhara won by 34 runs

(07:27 PM)

पोखराका लागि धनञ्जय लक्षणले कर्णाली याक्सका युनिसविक्रम ठकुरीलाई आउट गरेका छन् । 

Eunice out

(07:25 PM)

कर्णाली १८ ओभरमा १६३ रन

कर्णालीले याक्सले १८ ओभरको समाप्तीमा ८ विकेट गुमाउँदै १६३ रन जोडेको छ ।

(07:24 PM)

कर्णाली याक्सले आफ्नो आठौं विकेटका रुपमा कप्तानलाई गुमाएको छ । कर्णाली याक्सका कप्तान सोमपाल कामी १३ रन बनाएर ऋषि धवनको बलमा आउट भए ।

Sompal out

(07:22 PM)

कर्णालीका २ बलर ब्याटिङमा

कर्णाली याक्सका लागि कप्तान सोमपाल कामी र नन्दन यादव ब्याटिङ गरिरहेका छन् ।

(07:21 PM)

दीपेन्द्र रावत रनआउट

कर्णाली याक्सका दीपेन्द्र रावत रन आउट भएका छन् । उनी ८ बलमा १० बनाएका आउट भए । कर्णालीले सातौं विकेट गुमाएको छ ।

Dipendra Rawat run out

(07:16 PM)

कर्णाली १७ ओभरमा १५६ रन

कर्णाली याक्सले १७ ओभरको समाप्तीमा १५६ रन जोडेको छ ।

(07:14 PM)

कर्णालीलाई जितका लागि २४ बलमा ५२ रन आवश्यक

कर्णालीलाई अब जितका लागि २४ बलमा ५२ रन आवश्यक छ ।

(07:13 PM)

कर्णालीको १५० रन पूरा

कर्णाली याक्सले २०२ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै १५० रन पूरा गरेको छ । 

(07:12 PM)

पोखराका लागि ऋषि धवनले कर्णाली याक्सका नजिबुल्लाह जर्दानलाई आउट गरेका छन् । उनी १५ बलमा २४ रन बनाएर आउट भए ।

Najibullah out

(07:08 PM)

कर्णाली १५ ओभरमा १४१ रन

कर्णाली याक्सले १५ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै १४१ रन जोडेको छ ।

(07:06 PM)

पोखराका कप्तानको बलिङमा कर्णालीका कप्तानद्वारा छक्का

पोखराका कप्तान कुशल भूर्तेलको बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले छक्का प्रहार गरेका छन् ।

(07:05 PM)

कुशलले लिए गुल्सनको विकेट

कर्णाली याक्सले आफ्नो पाँचौं विकेट गुमाएको छ । पोखराका कप्तान कुशल भूर्तेलको बलमा गुल्सन झा विपिन खत्रीबाट क्याचआउट भएका हुन् ।

(07:02 PM)

कर्णाली १४ ओभरमा १२७ रन

कर्णाली याक्सले पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा १४ ओभरको समाप्तीमा १२७ रन जोड्दा आफ्ना मुख्य ४ ब्याट्सम्यान गुमाएको छ । 

(06:56 PM)

कर्णाली १३ ओभरमा ११७ रन

कर्णालीले १३ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ११७ रन जोडेको छ ।

(06:55 PM)

धवनको बलमा सर्राफ आउट

कर्णालीले आफ्नो चौथो विकेट गुमाएको छ । ऋषि धवनको बलमा कुशल भूर्तेलले पवन सर्राफको क्याच लिएका हुन् । 

(06:53 PM)

कर्णलीले पछिल्लो ५ ओभरमा ३४ रन जोड्दा २ विकेट गुमायो

कर्णली याक्स केही दबाबमा देखिएको छ । उसले पछिल्लो ५ ओभरमा ३४ रन जोड्दा २ विकेट गुमाउन पुगेको छ । 

Karnali scored 34 runs in the last 5 overs, losing 2 wickets.

(06:50 PM)

कर्णाली १२ ओभरमा ११० रन

कर्णाली याक्सले १२ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ११० रन जोडेको छ ।

(06:48 PM)

पोखराका कप्तान बलिङमा

पोखरा एभेन्जर्सका कप्तान कुशल भूर्तेल आफ्नो दोस्रो ‌ओभर लिएर बलिङमा आएका छन् । 

(06:45 PM)

कर्णालीको १०० रन पूरा

कर्णाली याक्सले ११ ओभरको समाप्तीमा १०५ रन जोडेको छ । 

(06:44 PM)

कर्णाली १० ओभरमा ९५ रन

कर्णाली याक्सले १० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ९५ रन जोडेको छ ।

(06:40 PM)

कर्णाली याक्सका मार्क वाट ५९ रन बनाएर आउट भएका छन् । 

What's up?

(06:34 PM)

कर्णाली ९ ओभरमा ८९ रन

कर्णाली याक्सले ९ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ८९ रन जोडेको छ ।

(06:33 PM)

कर्णाली ८ ओभरमा ८१ रन

कर्णाली याक्सले ८ ओभरको समाप्तीमा ८१ रन जोड्दा २ विकेट गुमाएको छ ।

(06:28 PM)

कर्णाली याक्सका जयकिसन कोल्सावाला सन्दीप क्षेत्रीको बलमा स्टम्पिङ भएका छन् । उनी ६ रन बनाएर आउट भएका हुन् ।

(06:25 PM)

कर्णाली ७ ओभरमा ७६ रन

पोखरा एभेन्जर्सले दिएका २०२ रनको लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले ७ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ७६ रन जोडेको छ ।

(06:24 PM)

२२ बलमै वाटले बनाए ५० रन

कर्णाली याक्सका ओपनर ब्याट्सम्यान मार्क वाटले २२ बलमै ५० रन बनाएका छन् ।

(06:22 PM)

पावर प्लेमा ६९ रन

कर्णाली याक्सले पावर प्ले अर्थात् पहिलो ६ ओभरको खेलमा १ विकेट गुमाउँदै ६९ रन जोडेको छ । यसअघि पोखरा एभेन्जर्सले ४४ रन जोडेको थियो ।

(06:20 PM)

धनन्जयको एकै ओभरमा २२ रन

पोखराका लागि धनन्जय लक्षणको एकै ओभरमा कर्णाली याक्सका मार्क वाटरले ३ छक्का र १ चौकाको मद्दतमा २२ रन बटुलेका छन् ।

(06:16 PM)

कर्णालीको ५० रन पूरा

कर्णाली याक्सले ५ दशमलव १ ओभरमा ५३ रन बनाएको छ । उसका लागि मार्क वाट ३३ र जयकिसन कोल्सावाला २ रन बनाएर खेलिरहेका छन् ।

(06:13 PM)

कर्णाली ५ ओभरमा ४७ रन

कर्णाली याक्सले ५ ओभरको समाप्तीमा ४७ रन जोडेको छ ।

(06:12 PM)

आकाश चन्दको २ बलमा लगातार चौका

कर्णाली याक्सका ब्याट्सम्यान मार्क वाटले आकाश चन्दको २ बलमा लगातार चौका प्रहार गरेका छन् ।

(06:09 PM)

कर्णाली ४ ओभरमा ३६ रन

कर्णाली याक्सले ४ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ३६ रन जोडेको छ ।

(06:05 PM)

कर्णाली याक्सका प्रियंक पाञ्चाल १६ रन बनाएर धनञ्जय लक्षणको बलमा क्याच आउट भएका हुन् ।

(06:02 PM)

कर्णाली ३ ओभरमा ३४ रन

कर्णाली याक्सले ३ ओभरको समाप्तीमा विना विकेट क्षति ३४ रन जोडेको छ ।

(06:01 PM)

प्रियंक पाञ्चालले लगाए २ छक्का

कर्णाली याक्सका ओपनर ब्याट्सम्यान प्रियंक पाञ्चालले ऋषि धवनको बलमा लगातार २ छक्का प्रहार गरेका छन् ।

(05:58 PM)

कर्णाली २ ओभरमा २० रन

कर्णाली याक्सले २ ओभरको समाप्तीमा विना विकेट क्षति २० रन जोडेको छ ।

(05:57 PM)

धनन्जयले दिए ३ रन

पोखराका लागि श्रीलंकाका अलराउन्डर धनन्जय लक्षणले आफ्नो पहिलो ओभरमा ३ रन मात्रै दिएका छन् ।

(05:51 PM)

कर्णालीद्वारा पहिलो ओभरमै १७ रन

कर्णाली याक्सले पहिलो ओभरमै १७ रन जोडेको छ ।

(05:50 PM)

वाटले लगाए पहिलो ओभरमै २ छ्क्का

कर्णाली याक्सका लागि मार्क वाटले पहिलो ओभरमै २ छ्क्का प्रहार गरेका छन् ।

(05:49 PM)

कर्णाली याक्स ब्याटिङमा

कर्णाली याक्स पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको छ ।

(05:33 PM)

पोखराले कर्णालीलाई दियो २०२ रनको विशाल चुनौती

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल चुनौती दिएको छ । 

(05:32 PM)

पोखराको २०० रन पूरा

पोखराले कर्णालीविरुद्ध  पहिले ब्याटिङ गर्दै १९ दशमलव ५ ओभरमा २०० रन पूरा गरेको छ ।

(05:29 PM)

पोखरा १९ ओभरमा १८५ रन

पोखराले १९ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै १८५ रन जोडेको छ ।

(05:27 PM)

पोखराका एडम रोसिङ्टनले शतक प्रहार गरेका छन् । उनी ५५ बलमा १०१ रन बनाएर खेलिरहेका छन् ।

Adam scored a century.

(05:24 PM)

पोखरा १८ ओभरमा १७६ रन

पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिले ब्याटिङ गर्दै १८ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै १७६ रन जोडेको छ ।

Pokhara 176 runs in 18 overs

(05:22 PM)

धनन्जयले लगाए लगातार ३ चौका

पोखराका लागि श्रीलंकाका खेलाडी धनन्जय लक्षणले कर्णाली याक्सका कप्तान सोमपाल कामीको चौथो ओभरको दोस्रो, तेस्रो र चौथो बलमा ३ चौका प्रहार गरेका हुन् ।

Dhananjaya hits 3 consecutive fours

(05:19 PM)

पोखरा १७ ओभरमा १६१ रन

पोखराले १७ ओभरको समाप्तीमा १६१ रन जोडेको छ ।

(05:18 PM)

नन्दनले लिए जेसनको विकेट

नन्दन यादवले जेसन रोयको विकेट लिएका छन् । रोय ३४ बलमा ४६ रन बनाएर आउट भए ।

(05:15 PM)

पोखराका एडम र रोयबीच १२७ रनको साझेदारी

पोखराका लागि एडम रोसिङ्टन  र जेसन रोयले  दोस्रो विकेटका लागि  १२७ रनको साझेदारी गरेका छन् । पोखराले पहिलो विकेट ३४ रनमा गुमाएको थियो ।

Pokhara's Adam and Roy share a 127-run partnership

(05:09 PM)

पोखराले जोड्यो १५० रन

पोखराले १५ दशमलव ४ ओभरमा १५० रन जोडेको छ ।

Pokhara scored 150 runs

(05:07 PM)

पोखरा १५ ओभरमा १३८ रन

पोखराले १५ ओभरको समाप्तीमा १३८ रन जोडेको छ ।

Pokhara 138 runs in 15 overs

(05:06 PM)

कर्णालीका वाटले दिए तेस्रो ओभरमा १२ रन

कर्णाली याक्सका मार्क वाटले व्यक्तिगत तेस्रो ओभरमा १२ रन दिएका छन् । 

(05:02 PM)

पोखरा १४ ओभरमा १२६ रन

पोखराले १४ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै १२६ रन जोडेको छ ।

Pokhara 126 runs in 14 overs

(04:59 PM)

पोखरा विशाल स्कोरतर्फ अग्रसर

पोखरा विशाल स्कोरतर्फ अग्रसर देखिएको छ । उसले १३ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ११६ रन जोडेको छ । पोखराका लागि एडम रोसिङ्टन ७२ र जेसन रोय २५ रन बनाएर खेलिरहेका छन् ।

Pokhara heads towards huge score

(04:52 PM)

पोखरा १२ ओभरमा १०८ रन

पोखराले १२ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै १०८ रन जोडेको छ ।

(04:51 PM)

पोखराको १०० रन पूरा

पोखरा एभेन्जर्सले ११ दशमलव २ ओभरमा  १०० रन पूरा गरेको हो ।

(04:49 PM)

पोखरा ११ ओभरमा ९९ रन

पोखराले ११ ओभरको समाप्तीमा ९९ रन जोडेको छ ।

(04:48 PM)

सोमपालको बलमा लगातार २ छक्का

पोखराका एडम रोसिङ्टनले कर्णालीका कप्तानको व्यक्तिगत दोस्रो र टिमको ११ ओभरको अन्तिम दुई बलमा २ छ्क्का प्रहार गरेका हुन् ।

2 consecutive sixes off Sompal's ball

(04:46 PM)

पोखराले जोड्यो पछिल्लो ५ ओभरमा ५५ रन

पोखराले पछिल्लो ५ ओभरमा विना विकेट क्षति ५५ रन जोडेको छ ।

(04:44 PM)

एडमको अर्धशतक पूरा

पोखराका एडम रोसिङ्टनले ३० बलमा ७ चौका र २ छक्काको  मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

Adam completes his half-century.

(04:41 PM)

पोखरा १० ओभरमा ८५ रन

कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङका लागि निम्तो दिएको पोखरा एभेन्जर्सले १० ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ८५ रन जोडेको छ । 

Pokhara 85 runs in 10 overs

(04:37 PM)

पोखरा ९ ओभरमा ७३ रन

पोखराले ९ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ७३ रन जोडेको छ ।

Pokhara 73 runs in 9 overs

(04:36 PM)

युनिसविक्रम चुटिए

 पोखराका ब्याट्सम्यान एडम रोसिङ्टनले युनिसविक्रम ठकुरीको पहिलो ओभरको सुरुको ३ बलमा २ चौका र १ छक्का प्रहार गरेका छन् ।

Unisvikram was shocked

(04:32 PM)

पोखरा ८ ओभरमा ५७ रन

पोखराले ८ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ५७ रन जोडेको छ ।

(04:31 PM)

पोखराको ५० रन पूरा

पोखराले ७ ओभरको समाप्तीमा ५४ रन जोडेको छ ।

Pokhara completes 50 runs

(04:25 PM)

पोखराका लागि जेसन रोय ब्याटिङमा

इंग्ल्यान्डका विश्वकप विजयी ओपनिङ ब्याटर रोयको प्रतियोगितामा यो पहिलो खेल हो ।

(04:24 PM)

पोखराले पावर प्लेमा बनायो ४४ रन

पोखराले पावर प्ले अर्थात् पहिलो ६ ओभरमा १ विकेट गुमाउँदै ४४ रन जोडेको छ ।

(04:22 PM)

पोखरा ५ ओभरमा ३५ रन

पोखराले ५ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ३५ रन जोडेको छ ।

(04:21 PM)

कुशल भूर्तेल आउट

पोखराका ओपनर ब्याट्सम्यान तथा कप्तान कुशल भूर्तेल कर्णाली याक्सका मार्क वाटको बलिङमा नन्दन यादवद्वारा क्याच आउट भएका हुन् । उनी १७ बलमा १८ रन जोड्दै आउट भए । 

Kushal Bhurtel out

(04:17 PM)

पोखरा ४ ओभरमा ३३ रन

पोखराले ४ ओभरको समाप्तीमा ३३ रन जोडेको छ ।

Pokhara 33 runs in 4 overs

(04:16 PM)

कर्णालीका कप्तानको बलिङमा पोखराका कप्तानले लगाए २ बाउन्ड्री

कर्णालीका कप्तान सोमपाल कामीको बलिङमा पोखराका कप्तान कुशल भूर्तेलले २ बाउन्ड्री लगाएका छन् ।

(04:13 PM)

पोखरा ३ ओभरमा २५ रन

पोखराले ३ ओभरको समाप्तीमा २५ रन जोडेको छ ।

(04:12 PM)

विपिन शर्माको ४ बलमा ३ बाउन्ड्री

कर्णाली याक्सका बलर विपिन शर्माको दोस्रो ओभरको ४ बलमा एडम रोसिङ्टनले ३ बाउन्ड्री लगाएका छन् ।

(04:09 PM)

पोखरा २ ओभरमा ११ रन

पोखराले २ ओभरको समाप्तीमा ११ रन जोडेको छ ।

(04:07 PM)

कर्णालीका लागि दोस्रो ओभर लिएर नन्दन यादव

कर्णाली याक्सका लागि दोस्रो ओभर लिएर नन्दन यादव बलिङमा आएका छन् ।

(04:06 PM)

पहिलो ओभरमा पोखराले जोड्यो ४ रन

टस हारेर ब्याटिङमा आएको पोखरा एभेन्जर्सले पहिलो ओभरको समाप्तीमा ४ रन जोडेको छ ।

(04:04 PM)

दुवै टोलीको १/१ जित

पोखराले ४ मध्येको १ खेलमात्र जितेको छ । प्लेअफमा पुग्न टोलीले बाँकी रहेको तीनै खेल जित्नु पर्नेछ । कर्णालीले ५ मध्येको १ खेलमात्र जितेको छ । प्लेअफमा पुग्ने आशालाई जीवितै राख्न टोलीले बाँकी रहेको दुवै खेल जित्नु पर्छ ।

(04:02 PM)

कर्णालीका ३ र पोखराका ५ खेलाडी परिवर्तन

कर्णालीबाट ३ खेलाडी परिवर्तन गरिएको छ । विलियम बोसिस्टो, दीपक डुम्रे र युवराज खत्रीको स्थानमा जयकिसन कोल्सावाला, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई खेलाएको छ । कोल्सावाला र दीपेन्द्रले यस सिजनमा पहिलो पटक खेल्न लागेका हुन् । पोखराले अघिल्लो खेल खेलेको टोलीबाट सुमित बर्मा, जिम्मी निसम, म्याट टेलर, अभिषेक तिवारी र दिनेश खरेललाई परिवर्तन गरेको छ । 

(04:00 PM)

कर्णालीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

Karnali won the toss and elected to field first.

कान्तिपुर

Link copied successfully