Live

एनपीएल : काठमान्डु गोर्खाज vs कर्णाली याक्स [LIVE]

एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

NPL: Kathmandu Gorkhas vs Karnali Yaks [LIVE]

82 Updates

(06:52 PM)

भीम सार्कीको छक्कासँग काठमान्डुको सानको जित

भीम सार्कीको छक्कासँग काठमान्डु विजयी बनेको छ । कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य कामान्डुले १८ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । 

(06:49 PM)

भीम सार्की क्रिजमा

काठमान्डुलाई जितका लागि १ रन आवश्यक ।

(06:48 PM)

काठमान्डुले गुमायो लगातार २ विकेट

काठमान्डुले १८ ओभरको तेस्रो र चौथो बलमा स्कोर बराबर पुर्‍याउँदा लगातार दुई विकेट गुमाएको छ । 

(06:42 PM)

काठमान्डु गोर्खाजले १७ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १४१ रन बनाएको छ । 

(06:41 PM)

बलको तुलनामा आधा रन

काठमान्डु गोर्खाजलाई अब जितका लागि २० बलमा १० रन आवश्यक ।

(06:40 PM)

पछिल्लो ५ ओभरमा ६२ रन

काठमान्डु गोर्खाजले पछिल्लो ५ ओभरमा विना विकेट क्षति ६२ रन जोडेको छ ।

(06:39 PM)

सहज जिततर्फ अग्रसर काठमान्डु

काठमान्डुले चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै सहज जिततर्फ अग्रसर बनेको छ । 

(06:37 PM)

काठमान्डु १६ ओभरमा १३२ रन

काठमान्डु गोर्खाजले १६ ओभरको समाप्तीमा १३२ रन जोडेको छ । 

(06:36 PM)

कर्णालीमाथि दबाब बढाउँदै काठमान्डु

काठमान्डु गोर्खाजले कर्णालीमाथि दबाब बढाउँदै लगेको छ । काठमान्डुको जितका लागि २४ बलमा १८ रन आवश्यक छ । उसका ७ ब्याट्सम्यान अविजित छन् ।

Kathmandu increasing pressure on Karnali

(06:33 PM)

काठमान्डु १५ ओभरमा ११८ रन

काठमान्डु गोर्खाजले १५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ११८ रन जोडेको छ । यसअघि कर्णालीले १५ ओभरको समाप्तीमा ९१ रन जोड्दा आफ्ना मुख्य ६ ब्याट्सम्यान गुमाएको थियो ।

(06:29 PM)

१४ औं ओभरमा काठमान्डुले जोड्यो १६ रन

१४ औं ओभरमा काठमान्डु गोर्खाजले १६ रन जोडेको छ ।

Kathmandu scored 16 runs in the 14th over.

(06:26 PM)

काठमान्डुको १०० रन पूरा

काठमान्डु गोर्खाजले १३ दशमलव ३ ओभरमा  ३ विकेटको क्षतिमा १०१ रन बनाएको छ । 

(06:24 PM)

काठमान्डु १३ ओभरमा ९६ रन

काठमान्डु गोर्खाजले १३ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ९६ रन जोडेको छ ।

(06:20 PM)

काठमान्डु १२ ओभरमा ८५ रन

काठमान्डु गोर्खाजले १२ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ८५ रन जोडेको छ ।

(06:19 PM)

काठमान्डुलाई जितका लागि ५० बलमा ६६ रन आवश्यक

काठमान्डुलाई जितका लागि ५० बलमा ६६ रन आवश्यक छ ।

(06:17 PM)

पवन सर्राफ दोस्रो ओभर लिएर

कर्णाली याक्सका पवन सर्राफले आफ्नो पहिलो ओभरमा २ रन दिएर १ विकेट लिएका थिए । 

(06:15 PM)

काठमान्डु ११ ओभरमा ७१ रन

काठमान्डु गोर्खाजले ११ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ७१ रन जोडेको छ ।

(06:13 PM)

काठमान्डुले गुमायो तेस्रो विकेट, मिलिन्द कुमार रनआउट

काठमान्डु गोर्खाजले तेस्रो विकेट गुमाएको छ । मिलिन्द कुमार १५ रनमा रनआउट भए ।

(06:06 PM)

काठमान्डु १० ओभरमा ६३ रन

काठमान्डु गोर्खाजले १० ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ६३ रन जोडेको छ ।

Kathmandu 63 runs in 10 overs

(06:01 PM)

काठमान्डु ९ ओभरमा ५६ रन

काठमान्डु गोर्खाजले ९ ओभरको समाप्तीमा ५६ रन बटुलेको छ । यसअघि कर्णालीले ९ ओभरमा ६१ रन जोडेको थियो ।

(06:00 PM)

काठमान्डुका लागि गेरार्ल्ड इरासमस क्रिजमा

काठमान्डु गोर्खाजका मिलिन्द कुमारलाई साथ दिन गेरार्ल्ड इरासमस क्रिजमा आएका छन् ।

(05:58 PM)

काठमान्डु ८ ओभरमा २ विकेटको क्षतिमा ५४ रन

काठमान्डुले ८ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ५४ रन जोडेको छ ।

(05:57 PM)

वेन चार्ल्सवेथ बोल्ड आउट

काठमान्डु गोर्खाजका वेन चार्ल्सवेथ बोल्ड आउट भएका छन् । उनलाई पवन सर्राफले आफ्नो पहिलो ओभरको दोस्रो बलमा आउट गरेका हुन् ।

(05:54 PM)

कर्णालीका लागि पवन सर्राफ बलिङमा

कर्णालीका लागि पवन सर्राफ बलिङमा आएका छन् ।

(05:54 PM)

काठमान्डु ७ ओभरमा ५२ रन

काठमान्डु गोर्खाजले ७ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ५२ रन जोडेको छ ।

(05:53 PM)

काठमान्डुको ५० रन पूरा

काठमान्डु गोर्खाजले १५० रनको लक्ष्य पछ्याउने क्रममा ६ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा ५० रन जोडेको छ ।

(05:51 PM)

पावरप्लेमा काठमान्डुले जोड्यो ४६ रन

पावरप्लेमा काठमान्डुले १ विकेट गुमाउँदै ४६ रन जोडेको छ । यसअघि कर्णाली याक्सले सुरुको ६ ओभरमा ३८ रन जोड्दा २ विकेट गुमाएको थियो ।

(05:48 PM)

काठमान्डु ५ ओभरमा ४२ रन

काठमान्डु गोर्खाजले ५ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ४२ रन जोडेको छ ।

(05:47 PM)

सोमपाल चुटिँदा नन्दन किफायती

कर्णाली याक्सका तीव्र गतिका बलर सोमपाल कामी चुटिँदा नन्दन यादव भने किफायती साबित भएका छन् । यादवले २ ओभरमा ७ रन दिएर १ विकेट लिएका छन् ।

(05:45 PM)

काठमान्डुका लागि मिलिन्द कुमार ब्याटिङमा

काठमान्डुका लागि मिलिन्द कुमार ब्याटिङमा आएका छन् । 

(05:44 PM)

आकाश त्रिपाठी आउट

काठमान्डु गोर्खाजका ओपनर ब्याट्सम्यान आकाश त्रिपाठी नन्दन यादवको बलमा क्याच आउट भएका छन् । गुल्सन झाले उनको क्याच लिएका हुन् । त्रिपाठीले ११ बलमा ८ रन बनाए  ।

(05:40 PM)

काठमान्डु ४ ओभरमा ३९ रन

काठमान्डु गोर्खाजले ४ ओभरको समाप्तीमा विना विकेट क्षति ३९ रन जोडेको छ ।

(05:39 PM)

सोमपालले दिए २० रन

कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो दोस्रो ओभरमा दिए २० रन दिएका छन् ।

(05:38 PM)

वेन चार्ल्सवेथले लगाए ३ छक्का

वेन चार्ल्सवेथले कर्णाली याक्सका कप्तान सोमपाल कामीकाे दोस्रो ओभरको सुरुका चार बलमा ३ छक्का लगाएका छन् ।

(05:35 PM)

काठमान्डु ३ ओभरमा १९ रन

काठमान्डु गोर्खाजले ३ ओभरको समाप्तीमा विना विकेट क्षति १९ रन जोडेको छ ।

(05:34 PM)

काठमान्डुका लागि वेन र आकाशको जोडी

काठमान्डुका लागि वेन चार्ल्सवेथ  र आकाश त्रिपाठीको जोडी क्रिजमा ।

(05:29 PM)

काठमान्डु २ ओभरमा १४ रन

काठमान्डु गोर्खाजले २ ओभरको समाप्तीमा विना विकेट क्षति १४ रन जोडेको छ ।

(05:28 PM)

काठमाण्डुले जोड्यो पहिलो ओभरमा ६ रन

काठमाण्डुले पहिलो ओभरको समाप्तीमा ६ रन जोडेको छ ।

(05:27 PM)

काठमाण्डू १५० रन पछ्याउँदै ब्याटिङमा

कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य पछ्याउँदै काठमाण्डू ब्याटिङमा उत्रिएको छ ।

(05:12 PM)

कर्णालीलाई जित्नै पर्ने दबाब

कर्णालीले अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय भोगिसकेको छ । काठमान्डुसँग पराजित भए टोली बाहिरिने स्थितिमा पुग्नेछ । प्लेअफमा पुग्न कर्णालीलाई बाँकी रहेका तीनै खेल जित्नुपर्ने दबाब छ ।

(05:11 PM)

काठमाण्डु गोर्खाजको नजर प्लेअफतर्फ

काठमाण्डु गोर्खाज ५ खेलमा ३ मा विजय हात पार्दै प्लेअफतर्फ अग्रसर रहेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य हासिल गरे काठमाण्डु  प्लेअफतर्फ अग्रसर हुनेछ । 

(05:08 PM)

कर्णालीले दियो १५० रनको चुनौती

कर्णाली याक्सले २० ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको छ ।

(05:04 PM)

गुल्सन अर्धशतक नजिक

गुल्सन झा अर्धशतक नजिक पुगेका छन् । उनी २२ बलमा ४९ रन बनाएर खेलिरहेका छन् ।

Gulsan nears half-century

(05:03 PM)

कर्णाली १९ ओभरमा १४३ रन

कर्णालीले १९ ओभरको समाप्तीमा १४३ रन जोडेको छ ।

(05:02 PM)

कर्णालीले आफ्नो सातौं विकेट गुमाएको छ । दीपक डुम्रे १० रन बनाएर रसिद खानको बलमा बोल्ड आउट भएका हुन् । 

(05:00 PM)

रसिद खान आफ्नो चौथो ओभर लिएर

रसिद खान आफ्नो चौथो  र टिमको १९ ओैं ओभर बलिङ गरिरहेका छन् ।

(04:57 PM)

कर्णालीले पछिल्लो ५ ओभरमा जोड्यो ५० रन

कर्णालीले पछिल्लो ५ ओभरमा १ विकेट गुमाउँदै  ५० रन जोडेको छ ।

(04:56 PM)

कर्णालीका लागि गुल्सन र दीपक क्रिजमा

कर्णालीका लागि गुल्सन झा र दीपक डुम्रे क्रिजमा छन् । गुल्सन ३९ र दीपक ७ रन बनाएर खेलिरहेका छन् ।

Gulshan and Deepak at the crease for Karnali

(04:54 PM)

कर्णाली १८ ओभरमा १३३ रन

कर्णालीले १८ ओभरको समाप्तीमा १३३ रन जोडेको छ ।

(04:52 PM)

काठमाण्डु गोर्खाजका कप्तान बलिङमा

काठमाण्डु गोर्खाजका कप्तान  करण केसी आफ्नो तेस्रो ओभर लिएर बलिङमा आएका छन् । यसअघि उनले २ ओभरको स्पेलमा ११ रन दिएर एक विकेट लिएका छन् ।

Kathmandu Gorkhas captain bowls

(04:49 PM)

कर्णाली याक्सका गुल्सन झा आक्रामक देखिएका छन् । उनी १२ बलमा ३१ रन बनाएर खेलिरहेका छन् ।

Gulson aggressive

(04:47 PM)

कर्णाली १७ ओभरमा १२३ रन

कर्णाली याक्सले १७ ओभरको समाप्तीमा १२३ रन जोडेको छ ।

(04:45 PM)

कर्णाली १६ ओभरमा १०८ रन

कर्णाली याक्सले १६ ओभरको समाप्तीमा १०८ रन जोडेको छ ।

Karnali 108 runs in 16 overs

(04:44 PM)

गुल्सनले सन्तोषलाई बनाए निसाना

कर्णाली याक्सका अलराउन्ड ब्याट्सम्यान  गुल्सन झाले काठमाण्डु गोर्खाजका बलर सन्तोष यादवलाई  निसाना बनाएका छन् । यादवको ओभरमा झाले २ चौका र १ छक्का हानेका हुन् ।

(04:41 PM)

कर्णालीको १०० रन पूरा

कर्णाली याक्सले १०० रन पूरा पूरा गरेको छ ।

(04:40 PM)

कर्णाली १५ ओभरमा ९१ रन

कर्णाली याक्स जित्नै पर्ने गेममा दबाबमा देखिएको छ । उसले  १५ ओभरको समाप्तीमा ९१ रन जोड्दा आफ्ना मुख्य ६ ब्याट्सम्यान गुमाएको छ ।

(04:38 PM)

मिलिन्द कुमारद्वारा किफायती बलिङ

काठमाण्डु गोर्खाजका लागि मिलिन्द कुमारले किफायती बलिङ गरेका छन् । उनले आफ्नो ४ ओभरको स्पेलमा २४ रन दिएर १ विकेट लिएका छन् ।

(04:36 PM)

मिलिन्द कुमारको बलमा सोमपाल आउट

मिलिन्द कुमारको बलमा सोमपाल आउट भएका छन् । सोमपालले ६ रन मात्रै बनाए ।

(04:35 PM)

काठमाण्डुका सन्तोषले दिए २ रन मात्रै

काठमाण्डु गोर्खाजका बल सन्तोष यादवले आफ्नो दोस्रो ओभरमा २ रन मात्रै दिएका छन् ।

(04:33 PM)

कर्णालीका लागि कप्तान सोमपाल र गुल्सन क्रिजमा

कर्णालीका लागि कप्तान सोमपाल कामी र अलराउन्डर गुल्सन झा ब्याटिङ गरिरहेका छन् ।

(04:32 PM)

कर्णाली १३ ओभरमा ८५ रन

कर्णाली याक्सले १३ ओभरको समाप्तीमा आफ्ना ५ ब्याट्सम्यान गुमाउँदै ८५ रन जोडेको छ ।

Karnali 85 runs in 13 overs

(04:30 PM)

कर्णालीलाई पाँचौं झट्का

कर्णालीले पाँचौं विकेट गुमाएको छ । रसिद खानले विकेट लिएका हुन् ।

(04:28 PM)

कर्णालीलाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्नेछ । कर्णालीले खेलेका ४ मध्ये ३ खेलमा पराजय भोगेको छ । आज काठमान्डुसँग पराजित भए टोली बाहिरिने स्थितिमा पुग्नेछ । 

Karnali under pressure

(04:24 PM)

कर्णाली १२ ओभरमा ८० रन

कर्णालीले १२ ओभरको समाप्तीमा ८० रन जोड्दा ४ विकेट गुमाएको छ ।

(04:21 PM)

सन्तोष यादवले लिए पवन सर्राफको विकेट

सन्तोष यादवले पवन सर्राफको विकेट लिएका छन् । सर्राफ ३५ रन बनाएर यदवको बलमा एलबीडब्लू आउट भएका हुन् ।

(04:19 PM)

कर्णाली ११ ओभरमा ७७ रन

कर्णालीले ११ ओभरको समाप्तीमा ७७ रन जोडेको छ ।

(04:12 PM)

कर्णालीले जोड्यो १० ओभरमा ६७ रन

कर्णालीले १० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ६७ रन जोडेको छ ।

(04:09 PM)

कर्णाली ९ ओभरमा ६१ रन

कर्णाली याक्सले ९ ओभरको समाप्तीमा ६१ रन जोड्दा ३ विकेट गुमाएको छ ।

(04:07 PM)

कर्णाली याक्सले गुमायो तेस्रो विकेट

कर्णाली याक्सले ८ दशमलव ४ ओभरमा आफ्नो तेस्रो विकेट गुमाएको छ । मार्क वाट ३० रन बनाएर रनआउट भएका छन् ।

(04:04 PM)

कर्णाली ८ ओभरमा ५३ रन

कर्णाली याक्सले ८ ओभरको समाप्तीमा ५३ रन जोडेको छ ।

(04:03 PM)

कर्णालीको ५० रन पूरा

कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै ७ दशमलव ४ ओभरमा ५१ रन बनाएको छ । 

(04:02 PM)

काठमाण्डुका साहब आलम बलिङमा

काठमाण्डु गोर्खाजका साहब आलम बलिङमा आएका छन् ।

(04:00 PM)

कर्णाली ७ ओभरमा ४१ रन

कर्णाली याक्सले ७ ओभरको समाप्तीमा काठमाण्डु गोर्खाजविरुद्ध २ विकेटको क्षतिमा ४१ रन जोडेको छ ।

(03:57 PM)

कर्णालीले पावरप्लेमा जोड्यो ३८ रन

कर्णाली याक्सले पावरप्ले अर्थात् सुरुको ६ ओभरमा ३८ रन जोड्दा २ विकेट गुमाएको छ ।

(03:53 PM)

कर्णाली ५ ओभरमा २९ रन

कर्णालीले ५ ओभरको समाप्तीमा २९ रन जोड्दा आफ्ना मुख्य दुई ब्याट्सम्यान गुमाएको छ ।

(03:52 PM)

कर्णालीका लागि पवन र वाट क्रिजमा

कर्णाली याक्सका पवन सर्राफ १० र मार्क वाट १८ रन बनाएर खेलिरहेका छन् । 

(03:49 PM)

कर्णाली ४ ओभरमा २१ रन

कर्णाली याक्सले काठमाण्डु गोर्खाविरुद्ध पहिले ब्याटिङ गर्दै ४ ओभरमा २१ रन जोड्दा आफ्ना दुई ब्याट्सम्यान गुमाएको छ ।

(03:48 PM)

कर्णाली ३ ओभरमा १४ रन

कर्णालीले ३ ओभरमा १४ रन जोडेको छ ।

(03:47 PM)

कर्णालीले गुमायो दोस्रो विकेट

कर्णालीले गुमायो दोस्रो विकेट ।

(03:46 PM)

कर्णालीले पहिलो ओभरमै गुमायो विकेट

कर्णालीले पहिलो ओभरमै गुमायो विकेट ।

(03:45 PM)

कर्णालीलाई शीर्ष चारमा पर्न आजको खेल जित्नै पर्ने दबाब

कर्णालीलाई शीर्ष चारमा पर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ।

(03:44 PM)

काठमान्डुविरुद्ध कर्णालीको ब्याटिङ

काठमान्डुविरुद्ध कर्णालीको ब्याटिङ सुरु ।

कान्तिपुर

Link copied successfully