Live

एनपीएल : जनकपुर बोल्ट्स VS पोखरा एभेन्जर्स

खेलको अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

NPL: Janakpur Bolts VS Pokhara Avengers

80 Updates

(07:25 PM)

पोखराको पहिलो जित

पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो भने दोस्रो खेलमा पनि टोलीले सुदूरपश्चिमविरुद्ध आफू अनुकूलको नतिजा निकाल्न सकेको थिएन । बिहीबार भएको तेस्रो खेलमा पोखराले जनकपुरलाई २५ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । 

(07:21 PM)

पोखरा २५ रनले विजयी

जनकपुरलाई १३० रनमा रोक्दै पोखरा २५ रनले विजय भएको हो । पोखराले पहिले ब्याटिङ गर्दै जनकपुरलाई १५६ रनको चुनौती दिएको थियो ।

(07:19 PM)

जनकपुरले गुमायो नवौं विकेट

जनकपुरले नवौं विकेट गुमाएको छ ।

(07:18 PM)

वायन पार्नेलले बनाए ५० रन

जनकपुरका लागि दक्षिण अफ्रिकाका पूर्व तीव्र बलर वायन पार्नेलले ५० रन पूरा गरेका छन् ।

(07:16 PM)

पोखरा जितको नजिक

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दै १५६ रनको चुनौती दिएको थियो । पोखराका कप्तान कुशल भूर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

(07:13 PM)

जनकपुरको जितका लागि ६ बलमा ३४ रन आवश्यक

जनकपुरको जितका लागि ६ बलमा ३४ रन आवश्यक छ । उसले ८ ब्याट्सम्यान गुमाइसकेको छ ।

(07:11 PM)

वायन पार्नेलले लगाए २ छक्का

जनकपुरका लागि दक्षिण अफ्रिकाका पूर्व तीव्र बलर वायन पार्नेलले पोखराका कप्तान कुशल भूर्तेलको बलिङमा लगातार २ छक्का प्रहार गरेका छन् ।

(07:08 PM)

१८ ओभरमा जनकपुरले जोड्यो १०७ रन

१८ ओभरको समाप्तीमा जनकपुरले १०७ रन जोडेको छ ।

(07:07 PM)

जिम्मी निसम दोस्रो ओभर लिएर

पोखराका लागि अठारौं र व्यक्तिगत दोस्रो ओभर लिएर जिम्मी निसम बलिङमा आएका छन् । उनले आफ्नो पहिलो ओभरमा ५ रन दिएर १ विकेट लिएका थिए ।

(07:04 PM)

जनकपुरको १०० रन पूरा

जनकपुरले १७ ओभरको समाप्तीमा १०१ रन बनाएको छ ।

(07:03 PM)

जनकपुरलाई जितका लागि १८ बलमा ५५ रन आवश्यक

जनकपुरलाई पोखराले दिएको १५६ रनको चुनौती पार गर्न १८ बलमा ५५ रन बनाउनुपर्ने छ ।

(07:01 PM)

जनकपुर १६ ओभरमा ९१ रन

जनकपुरले १६ ओभरको समाप्तीमा ८ ब्याट्सम्यान गुमाएर ९१ रन जोडेको छ ।

(06:59 PM)

जनकपुरका रुपेश सिंह १२ बलमा ७ रन बनाएर आउट भएका छन् । उनलाई पोखराका अलराउन्डर जिम्मी निसमले आउट गरेका हुन् ।

(06:55 PM)

१५ ओभरमा जनकपुरको स्कोर ८६ रन

जनकपुरले १५ ओभरको समाप्तीमा ८६ रन जोड्दा ७ विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरेको पोखराले १५ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ९५ रन जोडेको थियो ।

(06:49 PM)

१४ ओभरमा जनकपुरले जोड्यो ८० रन

१४ ओभरको खेल सकिँदा जनकपुरले ८० रन बनाएको छ ।

(06:44 PM)

जनकपुर १३ ओभरमा ७१ रन

जनकपुरले १३ ओभरको समाप्तीमा ७१ रन जोड्दा ७ ब्याट्सम्यान गुमाएको छ ।

(06:43 PM)

जनकपुरले गुमायो सातौं विकेट

जनकपुरले ७१ रन जोड्दा सातौं विकेट गुमाएको छ ।

(06:42 PM)

सञ्जय कृष्णमूर्ति आउट

पोखराका कप्तान कुशल भूर्तेलले सञ्जय कृष्णमूर्तिलाई २५ रनमा आउट गरेका छन् । 

(06:40 PM)

पोखराले १२ ओभरमा लियो ६ विकेट

पोखराले १२ ओभरको समाप्तीमा जनकपुर बोल्ट्सका ६ जना ब्याट्सम्यानलाई पभेलियन फर्काएको छ ।

(06:37 PM)

जनकपुरले ११ ओभरमा बनायो ६५ रन

जनकपुरले ११ ओभरको समाप्तीमा ६५ रन जोडेको छ । उसका ६ ब्याट्सम्यान आउट भइसकेका छन् ।

(06:35 PM)

पोखराका कप्तानले पहिलो ओभरमा दिए ६ रन

पोखराका कप्तान कुशल भूर्तेल बलिङमा आएका छन् । उनले व्यक्तिगत पहिलो ओभरमा ६ रन मात्रै दिएका छन् ।

(06:29 PM)

१० ओभरमा जनकपुरको स्कोर ५९ रन

१० ओभरमा जनकपुरले आफ्ना ६ ब्याट्सम्यान गुमाउँदै ५९ रन मात्रै जोडेको छ । 

Janakpur's score is 59 runs in 10 overs.

(06:26 PM)

जनकपुरको ५० रन पूरा

जनकपुरले पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा ९ दशमलव १ ओभरमा ५१ रन बनाएको छ ।

(06:24 PM)

विपिन खत्री आक्रामक बलिङमा, लिए ४ विकेट

पोखराका विपिन खत्रीले आक्रामक बलिङ गरेका छन् । उनले आफ्नो ४ ओभरको स्पेलमा १५ रन दिएर ४ विकेट लिएका छन् ।

Bipin Khatri bowled aggressively, took 4 wickets

(06:22 PM)

खत्रीले लिए मयन यादवको विकेट

जनकपुर बोल्ट्सले आफ्नो छैटौं विकेट गुमाएको छ । 

(06:21 PM)

जनकपुर ८ ओभरमा ४३ रन

जनकपुरले ८ ओभरको समाप्तीमा ४३ रन मात्रै जोडेको छ ।

(06:17 PM)

जनकपुर दबाबमा, पावरप्लेमै गुमायो ५ विकेट

पोखराले दिएको १५६ रनको चुनौती पछ्याइरहेको जनकपुर चर्को दबाबमा देखिएको छ । पावरप्लेमै उसले ५ विकेट गुमाएर ३८ रन मात्रै जोडेको छ ।

Janakpur under pressure, lost 5 wickets in the powerplay

(06:15 PM)

जनकपुरका कप्तान आउट

जनकपुरका कप्तान अनिल साह ८ बल खेलेर १ रन बनाइ आउट भएका छन् ।

(06:12 PM)

जनकपुरका लागि सञ्जय र अनिलको जोडी मैदानमा

जनकपुरका लागि सञ्जय कृष्णमूर्ति र कप्तान अनिल साह क्रिजमा छन् ।

(06:10 PM)

जनकपुर ४ ओभरमा २९ रन

जनकपुरले ४ ओभरमा २९ रन जोड्दा आफ्ना प्रमुख ४ ब्याट्सम्यान गुमाएको छ ।

(06:08 PM)

पोखराका सुमित र विपिनको जोडी जनकपुरमाथि हाबी बन्दै

सुमित वर्माले २ ओभरमा ५ रन दिएर जनकपुरका २ विकेट लिएका छन् भने विपिन खत्रीले २ ओभरमा १२ रन खर्चेर समान २ विकेट नै चट्काएका छन् ।

(06:06 PM)

पाकिस्तानी अलराउन्डर माज सदाकत आउट

पाकिस्तानी अलराउन्डर माज सदाकत २० रन बनाएर आउट भएका छन् । उनलाई सुमित वर्माले आउट गरेका हुन् ।

(06:03 PM)

जनकपुरले गुमायो तेस्रो विकेट

२५ रनको स्कोरमा जनकपुरले तेस्रो विकेट गुमाएको हो ।

(06:02 PM)

जनकपुर ३ ओभरमा २५ रन

जनकपुरले ३ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै २५ रन जोडेको छ ।

(05:52 PM)

जनकपुर २ ओभरमा १३ रन

जनकपुरले २ ओभरको समाप्तीमा १३ रन जोड्दा २ विकेट गुमाएको छ । 

(05:50 PM)

पोखराका विपन खत्रीले पहिलो ओभरमै लिए २ विकेट

जनकपुरले पहिलो ‌ओभरमा ११ रन जोड्दा आफ्ना २ ब्याट्सम्यान गुमाएको छ ।

Pokhara's Bipan Khatri took 2 wickets in the first over.

(05:48 PM)

जनकपुरले पहिलो ओभरमै गुमायो विकेट

जनकपुरका ब्याट्सम्यान आसिफ सेख खाता पनि नखोली आउट भएका छन् ।

(05:47 PM)

जनकपुर ब्याटिङमा

पोखराले दिएको १५६ रनको चुनौती पछ्याउँदै जनकपुर ब्याटिङमा उत्रिएको हो । 

Janakpur batting

(05:45 PM)

जनकपुरलाई पोखराको चुनौतीपूर्ण स्कोर

टस जितेर ब्याटिङमा आएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ । उत्कृष्ट सुरुआत गरेर मध्यक्रममा धरमराएको पोखरा एभेन्जर्सले राम्रो फिनिसिङ गरेको छ, जसको कारण टोलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई चुनौतीपूर्ण स्कोर तेर्स्याउन सक्षम भएको हो ।  

(05:26 PM)

जनकपुरलाई १५६ रनको चुनौती

पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ ।

Janakpur faces a challenge of 156 runs

(05:25 PM)

सुमित बर्माले लगाए अर्धशतक

पोखराका लागि सुमित बर्माले २९ बलमा ५० रन बनाएका छन् ।

(05:23 PM)

पोखराको १५० रन पूरा

पोखराले १९ दशमलव ५ ओभरमा १५४ रन बनाएको छ ।

(05:22 PM)

ड्यान डाउथवेट आउट

पोखराका ड्यान डाउथवेट ३ बलमा ७ रन बनाएर आउट भएका छन् ।

Dan Douthwaite out

(05:19 PM)

पोखरा १९ ओभरमा १३८ रन

पोखराले १९ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै १३८ रन बनाएको छ । 

(05:18 PM)

पोखराका ब्याट्सम्यान तीर्थराज दास २९ रन बनाएर रनआउट भएका छन् ।

Tirtharaj Runout

(05:14 PM)

पोखरा १८ ओभरमा १३० रन

पोखराले जनकपुरविरुद्ध १८ ओभरमा १३० रन जोडेको छ ।

(05:12 PM)

पोखरा १७ ओभरमा ११८ रन

पोखराले १७ ओभरको समाप्तीमा ११८ रन जोडेको छ । 

(05:11 PM)

वायन पार्नेलले दिए ५ रन

दक्षिण अफ्रिकाका पूर्व तीव्र बलर वायन पार्नेलले व्यक्तिगत दोस्रो र टिमका लागि सत्रौं ओभरमा ५ रन मात्रै दिएका छन् । 

(05:06 PM)

सोह्रौं ओभरमा पोखराले जोड्यो १७ रन

सोह्रौं ओभरमा पोखराले १७ रन जोडेको छ ।

Pokhara scored 17 runs in the sixteenth over.

(05:05 PM)

पोखराको १०० रन पूरा

पोखराले १५‍‍‍ दशमलव ४ ओभरमा १०२ रन बनाएको छ ।

(05:04 PM)

१५ ओभरमा पोखराले जोड्यो ९५ रन

 जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ९५ रन जोडेको छ ।

(05:01 PM)

जनकपुरका ललित राजवंशी तेस्रो ओभर लिएर

जनकपुरका मुख्य बलर ललित राजवंशीले यसअघि २ ‌ओभरमा १४ रन मात्रै दिएका छन् ।

(04:59 PM)

पोखरा १४ ओभरमा ८६ रन

पोखराले १४ ओभरको समाप्तीमा ८६ रन जोडेको छ । पोखराका ४ ब्याट्सम्यान आउट भइसकेका छन् ।

(04:56 PM)

पोखरा १३ ओभरमा ७८ रन

जनकपुरविरुद्ध पोखराले १३ ओभरको समाप्तीमा ७८ रन जोडेको छ ।

(04:53 PM)

पोखराका लागि तीर्थराज दास र सुमित बर्मा ब्याटिङमा

पोखराका लागि तीर्थराज दास र सुमित बर्मा ब्याटिङमा छन् । दास ६ र बर्मा ४ रन बनाएर खेलिरहेका छन् ।

(04:51 PM)

पोखरा १२ ओभरमा ७२ रन

पोखराले १२ ओभरको समाप्तीमा ७२ रन जोड्दा ४ ब्याटर गुमाएको छ ।

(04:48 PM)

पोखरा ११ ‌ओभरमा ६८ रन

पोखरा एभेन्जर्सले ११ ओभरको समाप्तीमा ६८ रन जोड्दा मुख्य ४ ब्याट्सम्यानलाई गुमाएको छ ।

(04:46 PM)

 पोखरा एभेन्जर्सले ६५ रनमै गुमायो चार विकेट ।

(04:45 PM)

जिम्मी निसम आउट

पोखराका ब्याट्सम्यान जिम्मी निसम ३ बलमा १ रन बनाएर आउट भएका छन् ।

(04:43 PM)

पोखरा १० ओभरमा ६४ रन

१० ओभरमा ६४ रन जोड्दा पोखराले ३ विकेट गुमाएको छ ।

(04:41 PM)

पोखराका ब्याट्सम्यान दिनेश खरेललाई जनकपुरका कप्तान अनिल साहले आउट गरेका छन् ।

Dinesh Kharel out

(04:38 PM)

दोस्रो ओभर लिएर अनिल साह

जनकपुर बोल्ट्सका लागि दसौं ओभर र व्यक्तिगत दोस्रो ओभर लिएर अनिल साह बलिङमा ।

(04:36 PM)

जनकपुरका बलर सञ्जय कृष्णमूर्तीले किफायती बलिङ गरेका छन् । उनले २ ओभरमा ११ रन दिएर २ विकेट लिए ।

(04:34 PM)

पोखराले गुमायो लगातार दोस्रो विकेट

पोखराले लगातार दोस्रो विकेट गुमाएको छ । कुशल भूर्तेल खाता पनि नखोली आउट भएका छन् ।

(04:33 PM)

एडम रोसिङ्टन आउट

पोखराका ओपनर ब्याट्सम्यान एडम रोसिङ्टन १७ बलमा २४ रन बनाएर आउट भएका छन् ।

(04:31 PM)

पोखरा ८ ओभरमा ५९ रन

जनकपुर बोल्ट्सविरुद्ध पोखराले ८ ओभरको समाप्तीमा विना विकेट क्षति ५९ रन जोडेको छ ।

(04:30 PM)

जनकपुर बोल्ट्सका कप्तान बलिङमा

जनकपुर बोल्ट्सका कप्तान अनिल साह आफैं  बलिङमा आएका छन् ।

(04:29 PM)

पोखरा ७ ओभरमा ५४ रन

पोखराले ७ ‌ओभरको समाप्तीमा ५४ रन जोडेको छ ।

(04:21 PM)

पावर प्लेमा पोखराले जोड्यो ४५ रन

६ ओभर अर्थात् पावर प्लेको समाप्तीमा पोखराले विना विकेट क्षति ४५ रन जोडेको छ ।

(04:19 PM)

पोखरा ५ ओभरमा ४० रन

पोखराले ५ ‌ओभरको समाप्तीमा विना विकेट क्षति ४० रन जोडेको छ ।

(04:16 PM)

किशोर महतोले दिए पहिलो ओभरमा ६ रन

जनकपुर बोल्ट्सका बलर किशोर महतोले व्यक्तिगत पहिलो र टोलीको चौथो ‌‌ओभरमा ६ रन दिएका छन् ।

(04:12 PM)

पोखराले जोड्यो ३ ओभरमा २८ रन

जनकपुरविरुद्ध पोखराले ३ ओभरमा विना विकेट क्षति २८ रन जोडेको छ ।

Pokhara scored 28 runs in 3 overs.

(04:11 PM)

एडम रोसिङ्टन र दिनेश खरेलको जोडी मैदानमा

एडम रोसिङ्टन ६ बलमा १२ रन र दिनेश खरेल १२ बलमा १६ रन बनाएर खेलिरहेका छन् ।

(04:09 PM)

पोखरा २ ‌ओभरमा २० रन

पोखराले २ ‌ओभरको समाप्तीमा २० रन जोडेको छ ।

(04:04 PM)

पोखरा पहिलो ओभरमा ६ रन

जनकपुरविरुद्ध पोखराले पहिलो ‌ओभरमा ६ रन जोडेको छ ।

Pokhara 6 runs in the first over

(04:04 PM)

पोखराद्वारा अभिषेकको स्थानमा तृतराज

पोखराले एक मात्र खेलाडी परिवर्तन गरेकाे छ । उसले अभिषेक तिवारीको स्थानमा तृतराज दासलाई खेलाएको छ ।

(04:02 PM)

जनकपुरद्वारा ३ खेलाडी परिवर्तन

जनकपुरले ३ खेलाडी परिवर्तन गरेको छ । टोलीले आदित्य महताको स्थानमा शुभ कंसाकारलाई खेलाएको छ भने दक्षिण अफ्रिकाका पूर्व तीव्र बलर वायन पार्नेल र पाकिस्तानी अलराउन्डर माज सदाकतलाई पहिलो पटक मैदानमा ओरालेको छ।

Janakpur changes 3 players

(04:00 PM)

दुवै टोली पहिलो जितको खोजीमा

जनकपुर उद्घाटन खेलमै काठमान्डु गोर्खाजसँग स्तब्ध भएको थियो । त्यसपछि टोलीले विराटनगर किंग्सविरुद्धको खेल पनि जित्न सकेको थिएन । पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो । दोस्रो खेलमा पनि टोलीले सुदूरपश्चिमविरुद्ध आफू अनुकूल नतिजा निकाल्न सकेको थिएन ।

(03:58 PM)

जनकपुर पिंक र पोखरा हरियो जर्सी लगाएर मैदानमा

‘आमाको सम्मान’ स्वरूप जनकपुर पिंक जर्सी लगाएर मैदानमा उत्रिएको छ । पोखरा हिम नदीहरू महत्त्वपूर्ण छन् भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी हरियो जर्सी लगाएर मैदानमा उत्रिएको छ ।

(03:56 PM)

पोखराले जित्यो टस, ब्याटिङको निर्णय

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भूर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर आफैं ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

कान्तिपुर

Link copied successfully