Live

एनपीएल : विराटनगर किंग्स vs चितवन राइनोज [LIVE]

खेलको नियमित र रोचक अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला

मंसिर १०, २०८२

हेमन्त श्रेष्ठ

NPL: Biratnagar Kings vs Chitwan Rhinos [LIVE]

77 Updates

(07:17 PM)

विराटनगरमाथि चितवनको फराकिलो जित

विराटनगरमाथि चितवनले फराकिलो जित दर्ज गरेको छ । उसले ४८ रनले विराटनगरलाई पराजित गरेको हो ।

Chitwan wins big over Biratnagar

(07:14 PM)

विराटनगर किंग्सलाई १२६ रनमा अलआउट गर्दै चितवनले विजय हासिल गरेको हो ।

(07:13 PM)

प्रतिश जिसीले ४ बलमा ३ छक्का र १ चौका लगाए

चितवनका कप्तान कुशल मल्लका ४ बलमा जीसीले २२ रन जोडेका हुन् ।

(07:10 PM)

चितवन जितबाट १ विकेट टाढा

चितवन राइनोजले विराटनगर किंग्सका ९ ब्याट्सम्यानलाई आउट गरिसकेको छ ।  

(07:08 PM)

विराटनगर हारको नजिक, गुमायो नवौं विकेट

विराटनगर किंग्स हारको नजिक पुगेको छ । उसले नवौं विकेटका रूपमा मर्चेन्ट डी ल्याङ्गेलाई गुमाएको हो ।

Biratnagar close to defeat, loses ninth wicket

(07:05 PM)

विराटनगरको १०० रन पूरा

विराटनगर किंग्सले १५ दशमलव २ ओभरमा १०० रन पूरा गरेको छ ।

(07:03 PM)

विराटनगर १५ ओभरमा ९८ रन

विराटनगरले १५ ओभरको समाप्तीमा ९८ रन जोडेको छ । उसका ८ ब्याट्सम्यान आउट भइसकेका छन् ।

(06:59 PM)

विराटनगर १४ ओभरमा ८८ रन

विराटनगरले १४ ओभरमा ८८ रन जोड्दा ८ ब्याट्सम्यान गुमाएको छ ।

(06:56 PM)

चितवनका कप्तान बलिङमा

चितवनका कप्तान कुशल मल्ल बलिङमा आएका छन् । 

(06:54 PM)

चितवनसामु विराटनगर निरीह

१३ ओभरको समाप्तीमा विराटनगरले ७३ रन जोड्दा आफ्ना ८ ब्याट्सम्यान गुमाएको छ ।

(06:52 PM)

शुभम् रन्जने बोल्ड

चितवनका सेफ जैबले विराटनगरका शुभम् रन्जनेलाई बोल्ड आउट गरेका छन् ।

(06:50 PM)

विराटनगर १२ ओभरमा ६४ रन

विराटनगरले १२ ओभरको समाप्तीमा ६४ रन मात्रै जोडेको छ । 

(06:48 PM)

रञ्जित कुमारको उत्कृष्ट बलिङ, ४ ओभरमा ५ विकेट

चितवनका लागि रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको स्पेलमा २१ रन दिएर ५ विकेट लिएका छन् ।

Ranjit Kumar's excellent bowling, 5 wickets in 4 overs

(06:46 PM)

विराटनगरले ५० रन जोड्दा गुमायो ७ विकेट

विराटनगर किंग्सले ११ ओभरको समाप्तीमा ५४ रन जोड्दा ७ विकेट गुमाएको छ ।

(06:45 PM)

रञ्जित कुमारद्वारा लगातार २ विकेट

चितवनका रञ्जित कुमारले विराटनगरका नारायण जोशी र सूर्य तामाङलाई लगातार आउट गरेका हुन् ।

Ranjit Kumar takes 2 consecutive wickets

(06:43 PM)

नारायण जोशी आउट

रञ्जित कुमारले नरेन जोशीलाई ४ रनमा आउट गरेका हुन् । 

Narayan Joshi out

(06:38 PM)

विराटनगर किंग्स १० ओभरमा ४७ रन

विराटनगर किंग्स १० ओभरको समाप्तीमा ४७ रन मात्रै जोडेको छ । यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले १० ओभरमा ७५ रन जोडेको थियो । 

(06:35 PM)

विराटनगर किंग्स ९ ओभरमा ४४ रन

चितवनसामु विराटनगर धर्मराएको छ । उसले ९ ओभरको समाप्तीमा आफ्ना प्रमुख ५ ब्याट्सम्यान गुमाउँदै ४४ रनमात्रै जोडैको छ ।

(06:32 PM)

चितवनका सेफ जैबको धारिलो बलिङ

चितवनका सेफ जैबले २ ओभरमा ४ रन मात्रै दिएका छन् । 

(06:30 PM)

विराटनगर ८ ओभरमा ४० रन

विराटनगर किंग्सले ८ ओभरको समाप्तीमा ४० रन जोड्दा ५ विकेट गुमाएको छ ।

(06:29 PM)

विराटनगरले ३९ रन जोड्दा गुमायो ५ विकेट

चितवनको कसिलो बलिङसामु विराटनगर किंग्सका ब्याट्सम्यान खुलेर खेल्न सकेका छैनन् । विराटनगरले ३९ रन जोड्दा ५ विकेट गुमाएको छ ।

Biratnagar lost 5 wickets while scoring 39 runs.

(06:27 PM)

रञ्जित कुमारको कसिलो बलिङ, नरेन भट्ट आउट

चितवनका लागि रञ्जित कुमारको कसिलो बलिङ गरेका छन् । उनले पहिलो ओभरमा ८ रन दिएर २ विकेट लिएका थिए भने दोस्रो ओभरमा २ रन दिएर १ विकेट लिएका छन् ।

Ranjit Kumar's strong bowling, Naren Bhatt out

(06:23 PM)

विराटनगर ६ ओभरमा ३७ रन

विराटनगरले ६ ओभरको पावर प्लेमा  ३७ रन जोड्दा आफ्ना मुख्य ४ ब्याट्सम्यान गुमाएको छ ।

(06:19 PM)

विराटनगर दबाबमा, गुमायो चौथो विकेट

चितवनले विराटनगर किंग्सलाई दबाबमा राखेको छ । ४ दशमलव ५ ओभरमा ३४ रन जोड्दा विराटनगरले ४ विकेट गुमाएको छ । चौथो विकेटका रूपमा बसिर अहमद शून्यमा आउट भएका हुन् ।

Biratnagar under pressure, loses fourth wicket

(06:16 PM)

साम ह्याजलेट आउट

साम ह्याजलेट कमल ऐरीको बलमा एलबीडब्लू आउट भएका हुन् ।

(06:12 PM)

विराटनगर ४ ओभरमा २६ रन

विराटनगरले ४ ओभरमा २ विकेटको क्षतिमा २६ रन जोडेको छ ।

(06:11 PM)

साम ह्याजलेटद्वारा लगातार २ छक्का

विराटनगर किंग्सका साम ह्याजलेटले कमल ऐरीको बलिङमा लगातार २ छक्का प्रहार गरेका हुन् ।

(06:08 PM)

विराटनगर किंग्स ३ ओभरमा १३ रन

विराटनगर किंग्सले ३ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै १३ रन जोडेको छ ।

(06:07 PM)

सोहेल तनवीरको कसिलो बलिङ

चितवनका सोहेल तनवीरले २ ओभर बलिङ गर्दै ७ रन दिएर १ विकेट लिएका छन् ।

Sohail Tanvir's tight bowling

(06:05 PM)

जर्ज मुन्से आउट

सोहेल तनवीरको बलमा मुन्से आउट भएका हुन् ।

George Munsey out

(06:01 PM)

विराटनगर २ ओभरमा १२ रन

विराटनगर किंग्सले २ ओभरमा १ विकेटको क्षतिमा १२ रन बनाएको छ ।

(06:00 PM)

चितवनका कमल ऐरीले लोकेश बमलाई आउट गरेका हुन् । ८ बलमा ७ रन बनाएर बम आउट भए ।

Lokesh bombed out

(05:56 PM)

विराटनगरले पहिलो ‌ओभरमा जोड्यो ६ रन

विराटनगर किंग्सले पहिलो ‌ओभरमा ६ रन जोडेको छ ।

(05:55 PM)

विराटनगर किंग्स ब्याटिङमा

विराटनगरका लाेकेश बम र जर्ज मुन्सी ब्याटिङका लागि क्रिजमा आएका छन् ।

(05:36 PM)

विराटनगरका लागि १७५ रनको चुनाैती

चितवन राइनोजले २० ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको छ ।

175 runs challenge for Biratnagar

(05:34 PM)

चितवन राइनोजका रवि बोपारा आउट भएका छन् । उनी ३८ बलमा ६५ रन बनाएर आउट भएका हुन् ।

(05:31 PM)

१९ ओभरमा जोड्यो चितवनले १६२ रन

चितवनले १९ ओभरको समाप्तीमा १६२ रन जोडेको छ ।

(05:25 PM)

१८ ओभरमा चितवनले जोड्यो १४९ रन

१८ ओभरको समाप्तीमा चितवनले ४ विकेटको क्षतिमा १४९ रन जोडेको छ ।

(05:23 PM)

रवि बोपाराको ५० रन पूरा

चितवनका लागि रवि बोपाराले आफ्नो अर्धशतक पूरा गरेका छन् । उनले २९ बलमा ३ छक्का र २ चौकाको मद्दतले ५० रन जोडेका हुन् ।

Ravi Bopara completes 50 runs

(05:21 PM)

चितवन १७ ओभरमा १४४ रन

चितवनले १७ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै १४४ रन जोडेको छ । 

(05:19 PM)

कुशल मल्ल र रवि बोपाराको जोडी ब्याटिङमा

 चितवनका लागि कुशल मल्ल ८ बलमा ९ रन र रवि बोपारा २६ बलमा ४८ रन बनाएर क्रिजमा छन् ।

Kusal Malla and Ravi Bopara batting duo

(05:17 PM)

१६ ओभरमा चितवनले बनायो १३२ रन

 चितवन राइनोजले १६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १३२ रन बनाएको छ ।

(05:13 PM)

चितवन राइनोजले १५ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा १२४ रन जोडेको छ ।

(05:08 PM)

चितवन १४ ओभरमा ११५ रन

चितवनले १४ ओभरको समाप्तीमा आफ्ना ४ ब्याट्सम्यान गुमाउँदै ११५ रन जोडेको छ ।

(05:06 PM)

चितवनले ११५ रन जोड्दा चौथो विकेट गुमाएको छ ।

Safe Jab Out

(05:04 PM)

चितवन १३ ‌ओभरमा १०८ रन

चितवनले १३ ‌ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा १०८ रन जोडेको छ ।

Chitwan 108 runs in 13 overs

(05:03 PM)

बसिर अहमदद्वारा किफायती बलिङ

विराटनगर किंग्सका लागि बसिर अहमदले किफायती बलिङ गरेका छन् । उनले २ ओभरमा १० रन मात्रै दिएका छन् ।

(05:01 PM)

चितवनको १०० रन पूरा

चितवन राइनोजले १२ ‌ओभरको समाप्तीमा १०२ रन जोडेको छ ।

(05:00 PM)

रवि बोपाराद्वारा लगातार ३ छक्का

रवि बोपाराद्वारा नरेन भट्टको बलिङमा लगातार ३ छक्का प्रहार गरेका छन् ।

Ravi Bopara hits 3 consecutive sixes

(04:58 PM)

सेफ जैब र रवि बोपाराको जोडी क्रिजमा

सेफ जैब  २३ बलमा २२ रन र रवि बोपारा १२ बलमा २१ रन बनाएर खेलिरहेका छन् । 

(04:55 PM)

बसिर अहमदले दिए ४ रन

विराटनगरका लागि ११ औं ‌ओभर लिएर आएका बसिर अहमद ४ रन दिएका छन् ।

(04:50 PM)

चितवन १० ओभरमा ७५ रन

चितवनले १० ओभरको समाप्तीमा ७५ रन जोडेको छ ।

(04:45 PM)

चितवन ९ ओभरको समाप्तीमा ७० रन

चितवनले ९ ओभरको समाप्तीमा आफ्ना प्रमुख ३ ब्याट्सम्यान गुमाउँदै ७० रन जोडेको छ ।

(04:44 PM)

रवि बोपारा क्रिजमा

चितवनका लागि रवि बोपारा ब्याटिङका लागि क्रिजमा आएका छन् ।

Ravi Bopara at the crease

(04:43 PM)

सन्दीप लामिछानेले लिए विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले देव खनाललाई आउट गरेका छन् ।

Sandeep Lamichhane takes wicket

(04:41 PM)

चितवन ८ ओभरको समाप्तीमा ६४ रन

चितवनले ८ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ६४ रन जोडेको छ । 

(04:40 PM)

देव खनालद्वारा लगातार २ चौका

विराटनगर किंग्सका नारायण जोशीको बलिङमा देव खनालले लगातार २ चौका लगाएका छन् ।

(04:37 PM)

चितवनको ५० रन पूरा

चितवनले ७ ओभरको समाप्तीमा ५३ रन जोडेको छ ।

(04:36 PM)

सन्दीपले दिए पहिलो ओभरमा ६ रन

सन्दीपले आफ्नो पहिलो ओभरमा ६ रन मात्रै दिएका छन् ।

(04:34 PM)

सन्दीप लामिछाने बलिङमा

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने आफ्नो पहिलो र टिमका लागि सातौं ओभर लिएर आएका छन् ।

(04:32 PM)

चितवनले जोड्यो ६ ओभरमा ४७ रन

चितवनले ६ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ४७ रन जोडेको छ ।

(04:30 PM)

चितवनका लागि सेफ जैब र देव खनालको जोडी मैदानमा

चितवनका लागि सेफ जैब र देव खनालको जोडी मैदानमा । जैब ६ बलमा ८ रन र खनाल १५ बलमा १५ रन बनाएर खेलिरहेका छन् ।

(04:27 PM)

चितवन ५ ‌ओभरमा ३८ रन

चितवनले ५ ‌ओभरमा दुई ब्याट्सम्यान गुमाउँदै ३८ रन जोडेको छ ।

(04:25 PM)

सूर्य तामाङको २ बलमै १० रन

देव खनालले सूर्य तामाङको पहिलो ‌ओभरको सुरुको दुई बलमा एक चौका र समान छक्काको मद्दतमा १० रन जोडेका हुन् ।

(04:24 PM)

मर्चेन्ट डी ल्याङ्गेद्वारा किफायती बलिङ

विराटनगर  किंग्सका मर्जेन्ट डी ल्यान्डले २ ‌ओभरमा ५ रन दिएर २ विकेट  लिएका छन् ।

(04:22 PM)

चितवनले २४ रनमै गुमायो २ विकेट

चितवन राइनोजले चार ओभरमा २४ रन जोड्दा २ विकेट गुमाएको छ । 

(04:20 PM)

विराटनगरका मर्चेन्ट डी ल्याङ्गेले चितवनका डेबिट मलानलाई बोल्ड आउट गरेका छन् । 

David Malan out

(04:16 PM)

चितवन ३ ‌‌ओभरमा २२ रन

चितवनले ३ ‌‌ओभरमा १ विकेटको क्षतिमा २२ रन जोडेको छ ।

(04:15 PM)

डेबिड मलान र देव खनाल क्रिजमा

चितवन राइनोजका लागि डेविड मलान र देव खनालको जोडी ब्याटिङमा छ ।

Dawid Malan and Dev Khanal at the crease.

(04:12 PM)

चितवन २ ओभरमा १७ रन

चितवनले २ ओभरमा १ विकेट गुमाउँदै १७ रन जोडेको छ ।

(04:11 PM)

मर्जेन्ट डी ल्यान्डले आफ्नो पहिलो ओभरमा ४ रन

मर्जेन्ट डी ल्यान्डले आफ्नो पहिलो ओभरमा १ विकेट लिँदै ४ रन मात्रै दिएका छन् ।

(04:10 PM)

मर्चेन्ट डी ल्याङ्गेले लिए विकेट

विराटनगरका मर्चेन्ट डी ल्याङ्गेले लोकेश बमद्वारा क्याचआउट गराएका हुन् । 

Mergent de Land took the wicket

(04:08 PM)

चितवनका दीपक बोहरा आउट भएका छन् ।

Deepak Bohra out

(04:07 PM)

पहिलो ओभरमै ३ चौका

चितवनका लागि पहिलो ओभरमै मलानले ३ चौका प्रहार गरेका हुन् ।

3 fours in the first over

(04:06 PM)

डेविड मलान र दीपक बोहराको जोडी क्रिजमा

चितवन राइनोजका लागि डेविड मलान र दीपक बोहराको जोडीले पहिलो ओभरमा १३ रन जोडेको छ । 

(04:03 PM)

विराटनगर जित हात पार्दै प्लेअफ यात्रालाई सहज बनाउने पक्षमा

चितवन आजको खेलमा जित हात पारी अंकतालिकामा उक्लने दाउमा छ भने विराटनगर भने आज पनि जित हात पार्दै प्लेअफ यात्रालाई सहज बनाउने पक्षमा छ ।

(03:59 PM)

टस जितेर विराटनगर फिल्डिङमा

टीयू क्रिकेट मैदानमा टस जितेर विराटनगरले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

हेमन्त श्रेष्ठ

Link copied successfully