पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।
काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अर्न्ताष्ट्रिय रंगशालामा टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।
पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।
पोखराले तृतराज दासको स्थानमा विपिन खत्री र म्याट टेलरको स्थानमा सुमित बर्मालाई खेलाएको छ । पोखराको टोलीबाट कुशलसहित दिनेश खरेल, एडम रोसिङटन, सुमित बर्मा, जिम्मी निसम, ड्यान डाउथवेट, विपिन खत्री, किरण ठगुन्ना, अभिषेक तिवारी, आकाश चन्द र सागर ढकाल छन् ।
पहिलो खेल जितेको टोलीबाट सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीमा जोस ब्राउन, विनोद भण्डारी, क्रिस लिन, इशान पाण्डे, आरिफ शेख, हरमित सिंह, नरेन साउद, स्कट कुग्ल्ने, हेमन्त धामी र अविनाश बोहरा प्लेयिङ ११ बाट खेलिरहेका छन् ।
गत वर्षको लिग यी दुई बीचको खेलमा सुदूरपश्चिम ५ रनले विजयी भएको थियो ।
