पोखराविरुद्ध विराटनगर ब्याटिङमा 

त्रिवि क्रिकेट मैदानमा दोस्रो इनिङ्समा बलिङ कठिन हुने भन्दै पोखराले टस जितेर पहिलो इनिङ्समा बलिङ गर्ने निर्णय गरेको छ ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Biratnagar batting against Pokhara

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन् ।

त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा दोस्रो इनिङ्समा बलिङ गर्ने टोलीलाई केही कठिन हुने हुनाले पोखराले बलिङ रोजेको हो । काठमान्डु गोर्खाजले अघिल्लो दिन उद्घाटन खेलमा पनि पहिला टस जितेर फिल्डिङ रोजेको थियो ।

गत वर्ष जनकपुरलाई उपाधि दिलाउँदाका प्रमुख सदस्य न्युजिल्यान्ड अलराउन्डर जिम्मी निसम पोखराबाट खेलिरहेका छन् । तर टोलीले घोषणा गरेका जेसन रोय पोखरामा छैनन् । 

कुशल, निसमसहित पोखराबाट दीनेश खरेल, तृतराज दास, एडम रोसिङटन, डानियल डाउथवेट, म्याट टेलर, अभिषेक तिवारी, किरण ठगुन्ना, आकाश चन्द, सागर ढकाल खेलिरहेका छन् । 

विराटनगरबाट फाफ डु प्लेसिस खेलिरहेका छैनन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबाट लोकेश बम, मार्टिन गप्टिल, जर्ज मुन्सी, नरेन भट्ट, बसिर अहमद, सुशम रन्जने, नारायण जोशी, प्रतिश जिसी, मच्यान्ट डी ल्याङ्गे, सूर्य तामाङ खेलिरहेका छन् । 

कान्तिपुर

Link copied successfully