प्लेअफमा पुगेको सुदूरपश्चिम क्वालिफायर्स-१ मा पनि निश्चितजस्तै

मंसिर ३०, २०८१

विनोद पाण्डे

Far West Qualifiers-1, which has reached the playoffs, is also a certainty

काठमाडौँ — स्कट कुग्लेनले ५ विकेट लिएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गरेको छ । कुग्लेनले उत्कृष्ट बलिङ गरेपछि १ सय ५४ रनको लक्ष्य लिएर आएको पोखरा १९.४ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।

पहिलो दुई ओभरको स्पेलमा १ रनमात्र खर्चेर ३ विकेट लिएका कुग्लेन दोस्रो स्पेलमा आउदा पोखरा विजयको नजिक थियो । उनी आफैंले आफ्नो तेस्रो ओभरमा १५ रन खर्चेपछि पोखरालाई अन्तिम २ ओभरमा विजयका लागि १५ रनको आवश्यक्ता थियो ।

Far West Qualifiers-1, which has reached the playoffs, is also a certainty१९ औं ओभरमा हरमित सिंहले ७ रनमात्र खर्चेर रामोन रिफर र माइकल लिस्कको विकेट लिए । पोखरालाई अन्तिम ओभरमा विजयका लागि ८ रन चाहिने अवस्थामा कुग्लेनले किरण ठगुन्ना र विपिन खत्रीको विकेट लिए भने सुदीप अर्याल रनआउट भए ।

न्युजिल्यान्डका तीब्र बलर कुग्लेनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिएका हुन् । हरमितले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सैफ जैबको नाममा १ विकेट रहयो ।

यस जितसँगै सुदूरपश्चिमले कम्तिमा प्लेअफको स्थान निश्चित गरेको छ । सुदूरपश्चिम ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ । मजबुत रन रेटका कारण सुदूरपश्चिम क्वालिफायर्स १ मा पनि निश्चितजस्तै छ । सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग राउन्ड रोबिन लिगको अन्तिम खेल खेल्ने छ ।

Far West Qualifiers-1, which has reached the playoffs, is also a certaintyतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

ओपनर आन्द्रिज गाउसले पोखराबाट सर्वाधिक ३६ रन बनाए । उनले २१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । रिफरले २८ बल खेली समान २ चौका र छक्काका साथ ३३ तथा किरण ठगुन्नाले २८ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । कप्तान कुशल भुर्तेल शून्य र दीलिप नाथ १ रनमै आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५३ रन बनायो । प्रतियोगितामा ब्याटिङबाट पूर्ण रूपमा असफल रहेका आरिफ शेखले अविजित ४२ रन बनाएपछि सुदूरपश्चिमले पोखरालाई चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो । प्रतियोगिताको यसअघिका ५ खेलमा २२ रनमात्र बनाउन सकेका आरिफले ३८ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

Far West Qualifiers-1, which has reached the playoffs, is also a certaintyसैफ जैब ९, विनोद भण्डारी १४, ब्रान्डन म्याकमुलेन १६ बलमा १ चौका र २ छक्कासहित २३, हरमित १३, कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १ छक्कासहित २० रन बनाई आउट भए । इशान पाण्डे ११ बलमा १० रन बनाई रिटायर्ड आउट भए । उनको स्थानमा आएका कुग्लेनले ३ बलमा २ रनमात्र बनाउन सके । नरेश बुढाएर ३ बल खेली ६ रनमा अविजित रहे । कुशलले ४ ओभरमा २७ खर्चेर २ विकेट लिए । रिफरले ४ ओभरमा २४, लिस्कले ४ ओभरमा २७ र सागर ढकालले ४ ओभरमा २९ रन खर्चेर १–१ विकेट लिए ।

ट्यालेन्ट हन्टबाट आएका सुदीप अर्यालले प्रतियोगितामा आफ्नो पहिलो खेल खेले पनि २ ओभरमा १९ रन खर्चेर कुनै विकेट लिन सकेनन् । उनका बलमा लिस्कले आरिफको क्याच छाड्न पुगेका थिए ।

पोखराले ७ खेलमा २ मा मात्र विजय हात पार्न सकी अंक तालिकामा सातौं स्थानमा रहयो ।

एनपीएल

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully