पोखराविरुद्ध सुदूरपश्चिमको ब्याटिङ

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Far West's batting against Pokhara

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङका लागि बोलाएका हुन् ।

सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक रूपमा प्लेअफमा स्थान पक्का भई क्वालिफायर्स १ को नजिक पुग्ने छ । टोली सोमबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्दैछ ।

चार दिनअघि जनकपुर बोल्ट्सविरुद्ध विजय हात पारेको टोलीबाट सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन । अघिल्लो दिन काठमान्डु गुर्खाजसँग पराजित पोखराले ३ खेलाडी परिवर्तन गरेको छ ।

टोलीले आकर्षित गोमिल, आकाश चन्द र नारायण जोशीको स्थानमा जेन मलिक, किरण ठगुन्ना, सुदीप अर्याललाई खेलाएको छ । ट्यालेन्ट हन्टबाट आएका सुदीपको प्रतियोगितामा यो पहिलो खेल हो । 

कान्तिपुर

Link copied successfully